OnlinePana

आज : २०८३ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चाैलागाई जेठ २७, २०७७जुम्ला,
२४६४ पटक

जुम्ला, २७ जेठ २०७७, मंगलबार

जुम्लामा कोरोना संक्रमित १८ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका १८ जनाको रिपोट नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन् ।

कोरोना जितेर फर्कनेहरुमा जुम्ला सिंजा गाउँपालिका छ जना, हिमा गाउँपालिकाका चार जना, जुम्लामा कार्यरत पाँच जना सुरक्षाकर्मी र तीन जना स्वास्थ्यकर्मी रहेका छन् ।

प्रतिष्ठानबाट कोरोनालाई जितेर घर फर्किएपछि उनीहरुले खुशी व्यक्त गरेका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले, प्रहरी नायव उपरीक्षक लालबहादुर धामी लगाएतका सरोकारवाला निकाय प्रमुखहरुले खादा र मालाले विदाई गरेका छन् । उनीहरुलाई घर फर्किएपछि घरमा अपनाउनुपर्ने सावाधानीका लागि ध्यान दिने विषयमा प्रतिष्ठानका विशेषज्ञ डा.धिरज गुरुङले सावाधानीको बिषयमा सुझाव दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले घर फर्किएका सवैलाई बधाई दिदै अझै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई ईतिहासले नायक बनाउने हौसला दिनुभयो । प्रतिष्ठानमा अन्य संक्रमितको पुन पिसिआर परीक्षणको आधारमा घर पठाईने कर्णाली प्रतिष्ठानले जनाएको छ ।

कोरोना जितेर फर्किएका एक स्वास्थ्यकर्मीले हामी कोरोनालाई जित्छौ भन्ने पूर्ण आशामा रहेको बताए । यस अभियानमा प्रतिष्ठानका स्वास्थ्यकर्मी र सरोकारवालाहरुले गरेको सहयोग कहिल्यै नभुल्ने भन्दै उनीहरुले खुशी व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्