चैत्र २५, २०८२

७ पटक
२५ चैत २०८२, बुधबार
कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीको राजीनामा स्वीकृत भएको छ ।
सचिव बुढाथोकीले मंगलबार कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा राजीनामा दिनुभएको थियो । प्रदेशसभा सचिवालय सम्बन्धी ऐन, २०७५ को दफा १० (क) बमोजिम कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङमार्फत मंगलबार सचिव बुढाथोकीले प्रदेश प्रमुखको कार्यालयमा पेश गर्नुभएको राजीनामा प्रदेश प्रमुख जोशीले आज स्वीकृत गर्नुभएको हो ।
यही चैत १७ गतेबाट लागु हुने गरी सचिव बुढाथोकीको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव पदमलाल लामिछानेले जानकारी दिनुभयो । विसं.२०७५ देखि हालसम्म कार्यरत सचिव बुढाथोकीले ६५ वर्ष नाघेसँगै पदबाट राजीनामा दिनुभएको थियो ।





