OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २६, २०७७ सुर्खेत
३४९ पटक

२६ जेठ २०७७, सोमबार

आज बिहान ६ः०० बजे वीरेन्द्रननगर नगरपालिकाको ६ सुर्खेत बसपार्क गेट अघि शव देखेपछि त्यहाँ नजिकका स्थानीयले प्रहरीलाई खबर गरे । शव कम्बल ओढाएर राखिएको थियो । शव नजिक दुई प्लाष्टिकका बोरा र केही सरसामग्री पनि थिए ।

त्यो देख्ने बित्तिकै त्यहाँ नजिकका स्थानीयले प्रहरीलाई खबर गरे । खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली घटनास्थल पुग्यो । कम्बलले ढाकेको त्यो शव त्यहाँ कसरी आईपुग्यो ? कसले छोड्यो ? कहाँ लगिदै थियो र कस्तो खालको बिरामी थियो ? भन्ने कुरा प्रहरीले खोजी गर्यो । प्रहरीले खोजी गर्दा त्यसको केही क्षणपछि मृतकसँगै भारतबाट आएका दुईजनालाई भेट्यो । उनीहरु गुराँस गाउँपालिका २ दैलेखका रहेछन् ।

“मृतक गुराँस गाउँपालिका २ दैलेखका ४२ वर्षीय लखन नेपाली रहेछन्,” जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले भन्नुभयो, “मृतकसँगै आएका दुईजनाका अनुसार नेपाली भारतको गढवालमा गाडीबाट लड्दा घाईते भएका रहेछन् ।” मृतकका आफन्तहरुले भारतबाट घाईते उनलाई नेपालगञ्जसम्म बसमा र त्यहाँदेखि एम्बुलेन्स चढाएर सुर्खेत ल्याएको बुझिएको उहाँले बताउनुभयो ।

राती कति बजेतिर कुन र कति नम्बरको एम्बुलेन्सले सुर्खेत पुर्याएर छोड्यो र फिर्ता भयो त्यो स्पष्ट जानकारी नभएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो । उहाँका अनुसार मृतकको विषयमा गुराँस गाउँपालिकाका जनप्रतिनिधिलाई खबर गरिएको छ । नेपालीको शवलाई शवबाहन व्यवस्था गरेर दैलेख पठाउन थालिएको उहाँको भनाई छ ।

यता स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले मृतक नेपालीका बारेमा स्पष्ट जानकारी नभएको बताउँदै घटनाको सम्बन्धमा बुझ्ने र उनीसँग भारतबाट आएका दुईजनाका बारेमा समेत बुझेर काम कारवाही अगाडि बढाउने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्