OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
विजय रावतजेठ २५, २०७७जुम्ला,
८२२ पटक

विजय रावत(जुम्ला) ः नेकपाका सांसद गजेन्द्र बहादुर महतले सरकारले अघि सारेको आर्थिक वर्ष २०७७।७८ को बजेटमाथि तिब्र असन्तुष्टी जनाउनु भएको छ । उहाँले बजेटको किताब हेर्दा कहाली लागेको र आफैमा टिठ लागेको संसदमा आक्रोस पोख्नु भएको हो ।
यो बजेटलाई कर्मचारीको सेटिगंबाट चलाएको बजेटको संज्ञा दिदै उहाँले यसले जनताको माग सम्बोधन गर्न नसक्ने टिप्पणी गर्नुभएको छ ।

आईतबारको प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा आफ्ना धारणा राख्दै सांसद महतले यस्तो बजेट ल्याउन मन्त्री नै नचाहिने, सांसदलाई बिदाई गर्न समेत ब्यड्ग्य हान्नुभयो । सांसदहरुलाई बजेट बनाउन कतै पनि समावेश नगरिएको भन्दै उहाँले सरकार बनाईसकेपछि सांसदहरुलाई घर पठाईदिए हुन्छ ।

’नयाँ मन्त्रीहरु आएपछि बजेट सुल्टो बनाउलान् भनेको हुन सकेन । यत्तिको बजेट ल्याउन त मन्त्री हैन सचिवले ल्याउन सक्थ्यो । माननीयले आफ्नो कार्यक्रम बजेटमा पार्न गुटको सेवा गर्नु पर्छ कि के गर्नुपर्छ । यो त माननीयको बजेट नै छैन । कर्मचारीले सेटिगंमा ल्याएको बजेट जस्तो छ,’ संसदमा बोल्दै ’बजेट बनाउदा माननीय संग औपचारिकता निभाउन मात्र छलफल गर्ने र उता छुट्टै डिल हुदो रहेछ । शिक्षामा देखियो । विद्युतीय गाडीमा कर बढ्यो । चकलेटमा कर घट्यो । त्यहाँ पनि पक्कै केही छ ।’

सांसद महतले थप्नुभयो , ’अहिलेको बजेट पुरा दलालहरुले चलाएको,कर्मचारीले चलाएको गुटबाट चलेको बजेट रहेको छ ।
उहाँले अव म ५ बर्षमा कसरी जिल्ला जाने भन्दै अव आशा उर्जा मन्त्रालयले त्यही तार पठाउन पाए हुन्थ्यो भन्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्