OnlinePana

आज : २०८२ चैत्र १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १८, २०८२
९ पटक

१८ चैत २०८२, बुधबार

सुर्खेतः वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत रत्न राजमार्ग अन्तरगतको पिपिरा सडक खण्डमा नेपाल प्रहरीले विशेष ट्राफिक चेकिङ सञ्चालन गरेको छ ।

प्रहरीले ट्राफिक चेकिङ सञ्चालन आजबाट गरेको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीको संयुक्त कमाण्डमा १५ जनाको संयुक्त टोलीले राडार गन र ब्रेथ एनालाइजर प्रयोग गरी तीव्र गति तथा मादक पदार्थ सेवन चेकिङ गरेको थियो ।

उक्त चेकिङको क्रममा तीव्र्र गतिमा गुडिरहेका २६ सवारी साधनहरु मध्ये १४ दुईपांग्रे, ११ चारपाँग्रे, मादक पदार्थ सेवन गरी चलाएको एक सरकारीसहित दुई सवारी साधन गरी जम्मा २७ सवारी साधनलाई ट्राफिक नियम उलंघन गरी सञ्चालन गरेको अवस्थामा नियन्त्रणमा लिई कारवाही प्रक्रियाका लागि अगाडि बढाईएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्नका लागि यस्ता चेकिङलाई निरन्तरता दिने जनाएको छ । पछिल्लो समयमा प्रहरीले ट्राफिक नियम पालनासम्बन्धी सचेतना दिनुका साथै पहिलो पटक गल्ती गर्ने जो सुकैलाई सम्झाई बुझाई गरेर पठाउने गरेको छ ।

प्रतिकृया दिनुहोस्