OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २४, २०७७जुम्ला,
५९५ पटक

जुम्ला,जेठ २४ गते । पछिल्लो समय शुक्रबार महेन्द्रनगरको बनवासा नाकामा भारतबाट आएका चन्दननाथ नगरपालिकाका ११ जना र हिमा गाउँपालिकाका १२ गरी २३ जना अलपत्र नागरिक जुम्ला आउनका लागि कञ्चनपुरबाट हिडेका छन् ।

उनिहरुले त्यहाँको व्यवस्थापनले गाडिमा हालेर पठाएको बताएका छन् । उनिहरुका अनुसार भाडा सहुलियत गर्ने भनेर गाडि चढेर हिडि सकेका छौ । चन्दननाथ नगरपालिका वडा नं ८ निवासी कुमार बिक्रम शाहीले ट्राफिक प्रहरीले गाडि व्यवस्थापन गरेर हिडिसकेको उहाँले जानकारी दिनुभयो । भाडा भने मागेको छैन, एक जनाको दुईहजार छ सय भनेको छ । जुम्लानै दिउला भनेका छौ ।
उहाँका अनुसार भारतको कुमाउ जोसिमोडबाट हिडेको २ दिन भयो ३ छाक खाना खाएका छैनौ । नत फाष्ट फुटका पशल खुला छन, नत अरु केही छ हैरान भएको छ । सो टोलीमा दुई जना बालवालिका समेत रहेका जानकारी गरिएको छ ।
पकेटमा बचेको केही पैसा पनि भारतमा गाडि चढ्दा चौगुना भाडा तिरेर सकिएको गुनासो गरेका छन् ।

प्रतिकृया दिनुहोस्