OnlinePana

आज : २०८२ चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र १५, २०८२
९ पटक

१५ चैत २०८२, आईतबार

सुर्खेतः कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानमा सहयोग पुर्याउनका लागि रु.पाँच लाख उपलब्ध गराएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तरगत कृषि विकास निर्देशनालय सुर्खेतले चालु आर्थिक वर्ष २०८२÷०८३ मा मध्यपश्चिम विश्वविद्यालयको कृषि क्याम्पस सुर्खेतसँगको सहकार्यमा प्राविधिक परिचालनसहित प्रविधि प्रसार कार्यक्रमअन्तरगत रु.पाँच लाख सहयोग गरिएको निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुभयो ।

“कृषि विषयको अनुसन्धान र विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराउने ध्येयले उक्त बजेट उपलब्ध गरिएको हो,” उहाँले भन्नुभयो, “यसले कृषि क्षेत्रको जनशक्ति निर्माणमा सहयोग अपेक्षा गर्छौं ।” नेपाल जस्तो कृषिको संभाव्य मुलुकमा पछिल्लो समयमा कृषि अध्ययन गर्ने जनशक्तिको अभाव र आवश्यकतालाई मनन् गरी प्रदेश सरकारले प्राविधिक जनशक्ति उत्पादनमा जोड दिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार निर्देशनालयले कृषि क्याम्पससँग सम्झौता गरेर चालु आर्थिक वर्षमा पाँच विद्यार्थीहरुलाई अध्ययन गराएको छ । कृषि संकायमा बिएसीएजी अन्तिम समेस्टरमा अध्ययनरत ती पाँच विद्यार्थीको निर्देशनालयमै बोलाएर उनीहरुको अहिलेसम्मको प्रगतिबारे जानकारी लिइएको निर्देशक रोकायले बताउनुभयो । अध्ययनमा सहभागी दुई सुर्खेत, डोल्पा, मुगु र तनहुँको एक÷एक जना विद्यार्थी रहेको निर्देशनालयले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्