OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी जेठ २३, २०७७जुम्ला,
६४७ पटक

२३ जेठ २०७७, शुक्रबार

चन्दननाथ नगरपालिका वडा नं ८ जुम्ला धुपी ढुस्का माध्यामिक विद्यालय तलिउमको क्वारेन्टिनमा ६५ वर्षीय पुरुषको मृत्युको खबर लगत्तै स्वाब संकलन गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक टोली त्यहाँ पुगरी स्वाब संकलन गरेर फर्केको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलले मृतकसँगै चार जनाको स्वाब लिएर टोली फर्किएको जानकारी दिनुभयो । उहाँका अनुसार ६५ वर्षीय पुरुषको हिजो राती मृत्यू भएको रहेछ ।

मृतक बर्दियाबाट जुम्ला आएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार सो व्यक्ति २१ गते सदरमुकामको बालमन्दिरमा बसेको समयमासमेत बेहोस भएको र दमको बिरामी हुन सक्ने स्थानीयबाट जानकारी प्राप्त भएको छ ।

स्वाबको नतिजा अनुसार बाँकी उनको दाहसंस्कारको काम गरिने उहाँले जनाउनुभयो । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका समेत जानु भएको थियो ।

प्रतिकृया दिनुहोस्