OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताकार्तिक १०, २०७५काठमाडौं
४८३ पटक

 

 

ललितपुर । बैतडीलाई घरमा हुने सुत्केरी शून्य घोषणा गर्न जिल्ला स्वास्थ्य कार्यालयले लामो समयदेखि अभियान चलाएको छ ।

४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा अहिलेसम्म विभिन्न वडामा १ सय २७ बढी बर्थिङ सेन्टर स्थापना भई प्रयोगमा आइसकेका छन् ।

तर, जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ९ काकँडामा रहेको बर्थिङ सेन्टरमा भने न त राम्रो भवन छ, न त सेवा सुविधा नै ।

पानीको पर्खालसंगै जोडिएको अर्को जिर्ण अवस्थाको भवनमा एउटा अनमीले सेवा दिरहेकी छन् ।

पानीको ट्याङकी नजिकै भएकाले बर्थिङ सेन्टरभित्र अहिले पनि पुरै पानी छ । चिसोको समयमा भित्र बस्न समेत गाह्रो भएकाले सुत्केरी गराउन दिउसो पनि उत्तिकै समस्या छ भन्छिन् अनमी उत्तमा पनेरु ।

भवनबाहेक बत्ती, शौचालय, फोहर फाल्ने ठाउँ केही नहुँदा प्रसूति गराउन आउने महिला र प्रसूति गराउने अनमी दुवैलाई समस्या भएको अनमी पनेरुले बताइन् ।

सिगास गाउँपालिका वडा नम्बर ७, ८ र ९ का सबै महिला सुत्केरी हुन यही बर्थिङ सेन्टरमा आउने हुँदा आफूलाई सेवा दिन गाह्रो भएको पनि उनले बताइन् ।

 

ब्यथा लागेर राति आएका महिलालाई मोबाइलको उज्यालो वा सल्लाको झरो सल्काएर उज्यालो पारी सुत्केरी गराउनु पर्ने बाध्यता रहेको उनले बताइन् ।

‘कहिले दिनहुँ सुत्केरी आउँछन् । कहिले महिनामा, ४, ५ जना मात्रै आउँछन् । कार्यालय सहयोगी समेत नहुँदा सबै काम एक्लै गर्नुपर्दा निकै समस्या छ’ उनले सुनाइन् ।

बर्थिङ सेन्टरमा शौचालय नहुँदा सुत्केरी गराउन आउने महिलालाई दिसापिसाब गर्न समेत जंगल लैजानुपर्ने बाध्यता रहेको उनले बताइन् । ‘समस्या जसलाई सुनाए पनि कसैले सुनुवाइ गर्दैनन्’ उनले महिला खबरसंग भनिन् ।

बर्थिङ सेन्टरमा भएको समस्या पटक पटक स्वास्थ्यचौकी, जिल्ला स्वास्थ्य कार्यालय सबै ठाउँ राख्दा पनि कसैले सुनुवाई नगरेको उनको गुनासो छ ।

–महिला खबर–

 

 

प्रतिकृया दिनुहोस्