OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीजेठ २२, २०७७जुम्ला
२११२ पटक

जेठ २२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्थानीय तहमा २,२ जना डाक्टरको टोली एक महिनाको लागि खटाएको छ ।
जिल्लाको कनकासुन्दरी गाउँपालिकामा एक जना र चन्दननाथ नगरपालिकामा सहित अन्य छ वटा गाउँपालिकामा २,२ जना गरी १५ जना डाक्टरहरुको टोली खटाईएको प्रमुख प्रशासकीय अधिकृत द्धोन्द्धबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको गुठिचौर गाउँपालिकामा प्राध्यापक डा. कमलराज शर्मा,प्रा.डा. रामप्रसाद उप्रेतिलाई खटाईएको छ । यसैगरी तातोपानी गाउँपालिकामा प्राध्यापक डा. सुनिल बुढाथोकी, प्राध्यापक शुस्मा काफ्ले खटाईएको छ ।
जिल्लाको पातारासी गाउँपालिका उपप्रध्यापक कपिल अम्गाई, डेण्टल सर्जन भूमेस काफ्ले, तिला गाउँपालिका लेक्चर संचिव पण्डित र मेडिकल अधिकृत आशा शर्मा, सिञ्जा गाउँपालिकामा उपप्रध्यापक विशाल पोख्रेल र डेण्टल सर्जन दृष्टिराज जोशीलाई खटाईएको प्रतिष्ठानले जनाएको छ ।
कनकासुन्दरी गाउँपालिकामा डा. सम्भु यादव, चन्दननाथ नगरपालिकामा उपप्रध्यापक डा. प्रविण गिरी र लेक्चर डा. अर्जुन तिवारी खट्ने भएका छन् ।
यसैगरी हिमा गाउँपालिकामा मेडिकल अधिकृत अज्जीत मिश्र र मेडिकल अधिकृत डा. महिमा थापालाई खटाईएको छ ।
हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले जिल्ला विपत व्यवस्थापन समितिको वैठकमा बर्षौ हुदा प्राथिमिक स्वास्थ्य केन्द्रमा सरकारले डाक्टर पठाउन नसकेको भन्दै तत्काल डाक्टर पठाउन अनुरोध गर्नु भएको थियो । गाउँपालिकाले क्वारेन्टाईनमा राख्ने नागरिकका लागि स्वास्थ्य र सुरक्षाको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई पत्राचार समेत गरेको थियो ।
यसैगरी हिमा गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरवन्दी एक जना अध्ययनमा गएका र अर्को व्यवस्था अहिले सम्म नहुदा संकटको घडिमा पनि समस्या भएको गाउँपालिकाले जनाउदै आएको छ ।
यता जिल्ला बिपत व्यवस्थापन समितिको वैठकमा स्थानीय तहले स्वास्थ्य र सुरक्षाको क्वारेन्टाईनमा ग्यारेन्टी गर्न माग गरेपछि स्थानीय प्रशासनले सुरक्षा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जुम्लाका सवै स्थानीय तहमा एक एक जना डाक्टर पठाउने प्रतिवद्धता जनाएको थियो । यसैगरी गाउँपालिकाका एकिकृत क्वारेन्टाईमा समेत सुरक्षा व्यवस्था कडा गर्न जिल्ला स्थित सुरक्षा प्रमुखहरुको तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्