फागुन २२, २०८२

१२ पटक
२२ फागुन शुक्रबार
सुर्खेत निर्वाचन क्षेत्र नं.२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । रास्वपाका उम्मेदवार रमेशकुमार सापकोटाले नौ हजार १६० मत गणना हुँदा दुई हजार ५३८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेकपा एमालेका कुलमणि देवकोटा दुई हजार ३४०, नेपाली काँग्रेसका नारायणकुमार कोइरालाले दुई हजार १७९ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले एक हजार ३३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयो । सुर्खेतको २ नं. क्षेत्रमा १७ दलका प्रत्यासीहरु छन् । एक लाख २६ हजार ४१ मतदाता संख्या रहेको यो क्षेत्रमा ७३ हजार ३५६ मत खसेको थियो ।



