
२२ फागुन २०८२, शुक्रबार
सुर्खेतः सुर्खेतको दुवै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । क्षेत्र नं.१ मा एक हजार नौ सय ८७ मत गन्दा खड्काले सात सय ९८ मत मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले पाँच सय ४५, नेकपा एमालेका ध्रुवकुमार शाहीले चार सय २७ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले ७७ मत प्राप्त गर्नुभएको भएको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
त्यस्तै, क्षेत्र नं.२ मा नेकपा एमालेका कुलमणि देवकोटाको अग्रता रहेको छ । सात सय ८१ मत गन्दा उहाँले तीन सय १६ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका नारायणकुमार कोइरालाले दुई सय १८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशकुमार सापकोटाले एक सय २७ र नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले एक सय सात र मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिनुभयो ।


