OnlinePana

आज : २०८२ फागुन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २१, २०८२
५ पटक

२१ फागुन २०८२, बिहीबार

प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा ३ः०० बजेसम्म ४५ प्रतिशत मत खसेको छ ।

मतदान जारी छ । अहिले ३ः०० बजेसम्म ४५ दशमलव २ प्रतिशत मत खसेको निर्वाचन आयोग कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो । यहाँका १२ निर्वाचन क्षेत्रगत रुपमा सबैभन्दा बढी डोल्पामा ५९ दशमलव ४२ प्रतिशत खसेको छ ।

त्यस्तै, मुगुमा ५५ दशमलव ४२, हुम्लामा ५२ दशमलव ९१, रुकुमपश्चिममा ५० दशमलव ६१, जाजरकोटमा ४९ दशमलव ७५, जुम्लामा ४७ दशमलव ६७, कालीकोटमा ४२ दशमलव ६४, सल्यानमा ३८ दशमलव ४५ प्रतिशत मत खसेको सूचना अधिकारी चौलागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुर्खेत क्षेत्र नं. १ मा ४८ दशमलव २५, क्षेत्र नं. २ मा ४६ दशमलव ११, दैलेख क्षेत्र नं. १ मा ३७ दशमलव ३३ र क्षेत्र नं. २ मा ३५ दशमलव २७ प्रतिशत मत खसेको छ । कुल दश लाख ३७ हजार दुई सय ५० मतदातामा अहिलेसम्म चार लाख ६८ हजार चार सय २५ मतदाताले मत खसालेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्