OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १७, २०८२
१९१ पटक

 

 

काठमाडौँ, फागुन १७ गते । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यम र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले औपचारिक रूपमा पुष्टि गरेका छन्।

शनिबार बिहान इजरायल र अमेरिकाले संयुक्तरूपमा इरानका विभिन्न सैन्य तथा रणनीतिक ठेगानाहरूमा गरेको शक्तिशाली आक्रमणका क्रममा खामेनेईको ज्यान गएको बताइएको छ।

शनिबार बिहानैदेखि इरानको राजधानी तेहरानसहितका प्रमुख सहरहरूमा ठूला विष्फोटका आवाजहरू सुनिएका थिए। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले जारी गरेको विज्ञप्तिअनुसार, तेहरानस्थित खामेनेईको निवास ९परिसर० लाई लक्षित गरी गरिएको ूअत्यन्तै शक्तिशाली र सटीकू हमलामा उनको मृत्यु भएको हो।

इरानी सरकारी टेलिभिजनले शोकको घोषणा गर्दै यस घटनालाई राष्ट्रिय क्षति भनेको छ। बीबीसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, यो आक्रमण दशकौँपछिको सबैभन्दा ठूलो र प्रत्यक्ष सैन्य हस्तक्षेप मानिएको छ।

प्रतिकृया दिनुहोस्