OnlinePana

आज : २०८३ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ७, २०८२
१३६ पटक
७ फागुन २०८२, बिहीबार
सुर्खेतः कर्णाली प्रदेशमा पहिलो पटक सञ्चालन गरिएको ‘सीपमा आधारित बृहत् सिकाई मेला’ सम्पन्न भएको छ ।
सिक्ने र सिकाउने पद्धतिमा नयाँ आयाम प्रबन्ध हुने गरी सिद्धपाईला ईङ्लिस मिडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर १० सुर्खेतले आफ्नो १८औं स्थापना तथा अभिभावक दिवसको अवसरमा बिहीबार ‘सीपमा आधारित बृहत सिकाई मेला’ गरेको हो । बालबालिकाको पठनपाठन शैलीलाई जीवनोपयोगी तथा बालमैत्री बनाउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको उक्त स्कुलका प्राचार्य नैनसिंह खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालबालिकाको अध्ययन र शिक्षकको अध्यापन सीपमा प्रवद्र्धन गरी सिकाई प्रक्रियालाई परिणाममुखी बनाउन मेला सहयोगी बन्ने अपेक्षा गरिएको छ । यसमा अभिभावक, विद्यार्थी, शिक्षकलगायत सम्बन्धित सरोकारवालाहरुको पनि उत्तिकै भूमिका रहेको उहाँको भनाई थियो ।
मेलामा सांस्कृतिक परिकार एवं पाकशिक्षा सीप अभ्यास, साँस्कृतिक झाँकी एवं नृत्य सीप अभ्यास, परम्परागत सीप र प्रविधि प्रत्यक्षीकरण, करेसाबारी तथा कौसी खेती अभ्यास, व्यवसायिक तथा मर्मत, आपतकालीन् सुरक्षा, दैनिक जीवन व्यवहार आत्मनिर्भर, आधुनिक विज्ञान तथा प्रविधि, प्रतिभा पहिचान तथा प्रस्तुतिलगायत विविध सीपमूलक अभ्याससँग सम्बन्धित गतिविधि तथा प्रस्तुतिहरु राखिने प्राचार्य खत्रीले बताउनुभयो ।
उक्त कार्यक्रमले परम्परागत रुपमा सञ्चालनमा आएको शिक्षण प्रणालीलाई सूचना र प्रविधिले ल्याएको परिवर्तनसँगै त्यसलाई मानव जीवन व्यवहारमा उतार्न तथा शिक्षामा नवीन प्रविधि तथा अभ्यासहरुलाई प्रयोगमा ल्याउन सहयोग पुग्ने बताइएको छ । मूलतः सीपलाई श्रम, श्रमलाई उत्पादन र उत्पादनलाई बजारीकरण गर्न सक्ने उत्तम शिक्षा दिन सकेमात्र समाज सहि गतिमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।
प्रतिकृया दिनुहोस्