OnlinePana

आज : २०८२ फागुन ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ७, २०८२
९ पटक

७ फागुन २०८२, बिहीबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले सञ्चार माध्यमको कर्तव्य र क्षमता विशाल रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समितिको ६५औं स्थापना दिवसको अवसरमा रासस कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शाहले समाजलाई सचेत र गतिशील बनाउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “रासस मुलुकको गौरवमय ईतिहास बोेकेको समाचार संस्था हो । यसले प्रवाह गरेको सेवा स्वच्छ, भरपर्दो र विश्वसनीय छ ।”

जनतालाई सुसूचित गर्ने उद्देश्यले स्थापना भएको राससले आफूलाई अँझ बढी आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै मन्त्री शाहले यसले आफ्नो छवि र विश्वसनीयतालाई डगमगाउन नदिएको बताउनुभयो । उहाँले आग्रह पूर्वाग्रहबाट नभई सरकारका राम्रा र नराम्रा गतिविधि दुवै ल्याएर जनतालाई सूचित गर्न पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले राससले आफूलाई समाचारको मूल स्रोतका रुपमा विकास गर्दै लगेको बताउनुभयो । “कोरोनापछि नीजि मिडिया खुम्चिदै गए तर राससले आफूलाई अँझ बढी जिम्मेवार र विस्तार गर्दै अगाडि बढ्यो,” उहाँले भन्नुभयो, “जब जब मुलुकक संकट र अप्ठ्यारो अवस्थामा पुग्दछ तब रासस नीजि सञ्चार गृहहरुका लागि सहयोगी बन्दै गएको छ ।”

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कार्य समितिका उपाध्यक्ष अप्सरा विष्टले सरकारको आधिकारिक समाचार संस्थाले कर्णाली जस्तो क्षेत्रलाई अँझ बढी चिन्नुपर्ने प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार राससले सबै क्षेत्रका समाचार प्रकाशन गर्ने कार्यलाई समान अवसर दिनुपर्ने तर्क गर्नुभयो ।

नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका उपाध्यक्ष सुशील खड्काले राससले तटस्थता, निष्पक्षता र विश्वसनीयता कामय गर्दै आएको बताउनुभयो । पछिल्लो समयमा भ्यूज संकलन गर्ने नाउमा थुप्रैले आचारसंहिता उलंघन गरेको बताउँदै उहाँले पत्रकारिताको मूल्य र मान्यतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बेला आएको जनाउनुभयो । उहाँका अनुसार व्यक्तिमा हुने आस्थालाई जहाँसुकै अभिव्यक्त गर्नुे मामलामा पत्रकारहरु सचेत हुनुपर्दछ ।

प्रतिकृया दिनुहोस्