OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २९, २०८२
१५२ पटक

८ माघ २०८२, बुधबार

सुर्खेतः कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालमा भ्रष्टाचारको अवस्थामा तात्विक सुधार नभएको देखिएको बताउनुभएको छ ।

सुशासन र समृद्धि नागरिकको अधिकार, भ्रष्टाचार नियन्त्रणमा बनौँ सबै जिम्मेवार भन्ने नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित आयोगको ३५औं स्थापना दिवस समारोहमा बोल्दै प्रदेश प्रमुख जोशीले भ्रष्टाचार निवारण गर्ने उद्देश्यले स्थापित आयोगले फड्को मार्न नसकेको टिप्पणी गर्नुभयो । सुचाङक हेदा देश अगाडि भन्दा पछाडि नै जानुले मुलुकको अवस्था चिन्ताजनक रहेको बताउनुभयो ।

प्रदेश प्रमुख जोशीले भन्नुभयो, “नजिकैको छिमेकी देश भुटान ७१ प्रतिशत भ्रष्टाचार निवारण गर्न सफल भएको देखिन्छ तर नेपालको अवस्था निराशाजक छ ।” नियन्त्रण गर्ने निकायको पनि प्रभावकारी काम हुन नसकेको गुनासो आउने गरेको बताउँदै उहाँले यसमा जनप्रतिनिधि र कर्मचारीहरुले भ्रष्टाचार नियन्त्रणमा प्रमुख खेल्नुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले उहाँले मुलुकको सुशासन र भ्रष्टाचार निवारणमा आयोग एक्लैको भूमिका काफी नहुने बताउँदै यसका लागि राजनीतिक, कर्मचारीका साथै नागरिकको दायित्व पनि उत्तिकै महत्वपूर्ण हुने जनाउनुभयो । उहाँका अनुसार बजेट खर्च गर्नुले मात्र धेरै ठूलो अर्थ राख्दैन । यसका लागि त्यसको प्रगति एवं उपलब्धि देखिनुपर्दछ ।

प्रमुख सचिव यादवले प्रदेश सचिवलगायत कर्णालीमा कार्यरत समग्र कर्मचारीहरुलाई प्रगतिसहितको खर्चमा सुधार ल्याउने गरी काम गर्न निर्देशन दिनुभयो । राजनीतिक र कर्मचारी क्षेत्रको कार्यशैलीमा आउने सुधार र प्रणाली अनुसार काम गर्न सकिए मुलुकमा देखिएको भ्रष्टाचार कम हुँदै जाने उहाँको भनाई थियो ।

आयोगका सुर्खेत कार्यालय प्रमुख श्रीराम ठाकुरले पर्याप्त अध्ययन नगरी बजेट विनियोजन गर्ने प्रवृतिले पनि बेथिति मौलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नुमा मुख्य भूमिका सम्बद्ध निकायबाट हुनुपर्छ र आयोगको काम अन्तिममा हुनुपर्छ भन्ने आयोगको धारणा छ र यस विषयलाई सबैले गम्भिरताका साथ लिनुपर्ने देखिन्छ ।”

दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेवापत् आयोग सुर्खेत कार्यालयमा कार्यरत अनुसन्धान अधिकृत धर्मराज बुढा र जनकलाल चौधरीलाई अख्तियार अनुसन्धान सेवा पुरस्कार प्रदान गरिएको छ । त्यसैगरी, ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा नागरिकको भूमिका’ विषयक निबन्ध प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुन सफल सुर्खेत वीरेन्द्रनगरस्थित क्रमशः श्री जनसेवा मावि घुस्रामा अध्ययनरत छात्रा रेश्मीकुमारी खड्का, नेपाल राष्टिय मावि गाग्रेतालका छात्रा रेखा कठायत र श्री त्रिपुरेश्वर मावि ढोडेखालीका छात्र कुशल उपाध्याय पनि पुरस्कृत भएका छन् ।

प्रतिकृया दिनुहोस्