OnlinePana

आज : २०८२ फागुन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २६, २०८२
८९ पटक

२५ माघ २०८२, आईतबार
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौं अधिवेशनको चौथो बैठक दश सेकेण्ड बसेर स्थगित भएको छ ।

आज बसेको उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अनुपस्थित भई बहिस्कार गरेको गरेको थियो । राष्ट्रिय गानपश्चात् सभामुख नन्दा गुरुङले सातौं अधिवेशनको चौथो बैठकको कारवाही प्रारम्भ गर्नुभयो । त्यसको दश सेकेण्डपछि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको उपस्थिति नदेखिएको भन्दै अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेकपा कर्णाली प्रदेशसभा दल नेता मंगलबहादुर शाहीले सभामुखको कार्यक्षमता र कार्यसम्पादनप्रति गम्भीर प्रश्न उठाउँदै सभामा उपस्थित नभएको जानकारी दिनुभयो । उहाँले सभाप्रति भन्दा सभामुख सरकारप्रति वफादार भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सभालाई सरकारको मातहतको निकाय जस्तो गरेर चलाउने थालेपछि यसको स्वायत्तता र गरिमामाथि गम्भीर प्रश्न उठ्ने देखियो । तसर्थ बैठकमा उपस्थित हुनु औचित्य छैन भनेर हामी सभामा उपस्थित भएनौं ।”

सरकारले सभाको कामकारवाही प्रभावकारी र नियमसंगत सञ्चालन गर्ने विश्वास प्रतिपक्षी दललाई नदिलाएसम्म बैठक अगाडि बढ्न नसक्ने दल नेता शाहीले बताउनुभयो । उहाँका अनुसार सभामुख र सरकार प्रमुख दुवैले कार्यशैलीमा सुधार गरी अगाडि बढ्नुपर्छ ।

प्रतिकृया दिनुहोस्