OnlinePana

आज : २०८३ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ २४, २०८२
१५० पटक

२३ माघ २०८२, शुक्रबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका २१ वर्षीय अर्जुन कुमार प्रजापति, वडा नं.७ का २२ वर्षीया ललिता सिंह ठकुरी, नरहरीनाथ गाउँपालिका ९ कालीकोटका १८ वर्षीय रमेश रावल र ठाकुरबाबा नगरपालिका ७ बर्दियाका २२ वर्षीया अर्जुन बुढा रहेका छन् । पक्राउ परेका आरोपितहरुको साथबाट एक ग्राम पाँच सय ६० मिलिग्राम लागुऔषध नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीयले वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाामा प्रहरीले चलाएको विशेष अप्रेसनका क्रममा उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो । खानतलासी गर्दा लागुऔषध नै भेटियो ।” उनीहरुको साथबाट नाईट्राजेपाम ३१ ट्याब्लेट फेला परेको बताउँदै प्रहरीले पक्राउ परेकाहरुको आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।

त्यसैगरी, जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त नौगाड गाउँपालिका २ का २७ वर्षीय भूपेन्द्रसिंह ठगुन्नालाई काठमाडौं जिल्ला वडा एरियामा लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरी सुर्खेत प्रहरीमा ल्याई उक्त मुद्दामा ठगुन्नालाई अनुसन्धान थालिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्