OnlinePana

आज : २०८२ माघ २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १९, २०८२
१ पटक

१८ माघ २०८२, आईतबार

सुर्खेतः लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ नक्कली परीक्षा पक्राउ परेका छन् ।

आयोगको सुर्खेत कार्यालले शनिबार लिएको जवान पदको लिखित परीक्षामा अर्काको नाममा नक्कली परीक्षार्थी बनेर परीक्षा दिइरहेका १२ जनालाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज सार्वजनिक गरेको हो । उक्त परीक्षामा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर बदली किर्ते गरी परीक्षा दिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा जाजरकोट छेडागाड नगरपालिका ११ का १९ वर्षीय केशव थापा र वडा नं.१० का १९ वर्षीय चन्द्र शाह, कुसे गाउँपालिका २ का १९ वर्षीय विपेश सिंह, १८ वर्षीय सूर्यकिरण शाही, २१ वर्षीय निरज शाही, २३ वर्षीय नवराज विक, जाजरकोटको कुसे गाउँपालिका २ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ बस्ने २६ वर्षीय पूर्णबहादुर सिंह र जुनीचाँदे गाउँपालिका १ का १८ वर्षीय ललित रावल रहेको उहाँले बताउनुभयो ।

त्यस्तै, दुल्लु नगरपालिका १ दैलेखका १८ वर्षीय रमेश नेपाली, सुर्खेतको गुर्भाकोट नगरपालिका १३ सुर्खेतका २४ वर्षीय वीरबहादुर ठाडा, बैजनाथ गाउँपालिका २ बाँकेका २४ वर्षीय रामु कार्की र वडा नं. १ का २५ वर्षीय मोतिलाल थारु रहेको सूचना अधिकारी बुढ्थापाले जनाउनुभयो । उहाँका अनुसार घटनाम संलग्न अन्य व्यक्ति तथा गिरोहको खोजी कार्य हुनुका साथै पक्राउ परेका १२ जनामाथि लिखत किर्ते तथा अपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भईरहेको छ ।

प्रतिकृया दिनुहोस्