OnlinePana

आज : २०८२ फागुन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १५, २०८२
१८७ पटक

 

हिजो गाउँले शहर कब्जा गर्दै थियो,
आज शहरले गाउँ कब्जा गर्दै छ।

गाउँको रिस व्यवस्थासँग थियो,
शहरको रिस अवस्थासँग छ।

गाउँले सिंहदरबार गाउँमै ल्याई दियो
शहरले सिंहदरबार जलाइदियो ।

गाउँले कानुन बनाउन आदेश दियो
शहरले अदालत जलाई दियो।

गाउँले ढिँडो खाँदै, भोकै–प्यासै लड्यो,
शहर पेटभरि बिलासिताको भोजन गर्दैछ ।

गाउँले जंगल र सुरुङमा सुत्यो,
शहरिया आलिशान होटलमा छ।

गाउँले साझा सपना बाँड्यो,
शहरले सस्तो लोकप्रियता बाँड्दै छ।

गाउँको हतियार विचार र दर्शन थियो,
शहरको हतियार फेसबुक र मोबाइल छ।

गाउँले खाली खुट्टामा भारी बोक्थ्यो,
शहरियाको महँगो गाडी छ।

गाउँले श्रम गर्दै थियो
शहरले भ्रम छर्दै छ ।

गाउँले पसिनाको गन्ध मन पराउँथ्यो,
शहरिया परफ्युमको बास्ना मन पराउँदै छ।

गाउँको परिवर्तन देखियो,
शहरको हेर्न बाँकी छ।

  जेएस धिताल

प्रतिकृया दिनुहोस्