OnlinePana

आज : २०८३ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १२, २०८२
१७४ पटक

११ माघ २०८२, आईतबार
आज सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशमा एक सय ९१ मत खसेको छ । कुल मतदाता संख्या एक सय ९८ रहेको थियो ।

कर्णाली प्रदेशसभाका ४० सदस्य मध्ये ३९ जनाले मतदान गरेका छन् । त्यस्तै, ७९ स्थानीय तहका एक सय ५८ जनप्रतिनिधि मध्ये एक सय ५२ जनताले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश सुुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो ।

आज सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीमा रिक्त अन्य र महिला कलस्टरमा चार जनाको उम्मेदवारी परेको थियो । अन्य कलस्टरमा नेपाली कम्युनिष्ट पार्टीबाट रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र नेपाली काँग्रेसबाट जुम्लाका ललितजंग शाहीको उम्मेदवारी रहेका छ ।

त्यसैगरी, महिला कलस्टरमा नेपाली कम्युनिष्ट पार्टीबाट डोल्पा निवासी अन्जु महतारा र नेकपा एमालेबाट दैलेख निवासी मिनासिंह रखालले उम्मेदवारी दिनुभएको छ । मतदान कार्य सम्पन्न भइसकेकोले अब मतगणना कार्य सुरु भएको सूचना अधिकारी चौलागाईले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्