OnlinePana

आज : २०८२ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ७, २०८२
१ पटक

६ माघ २०८२, मंगलबार

सुर्खेतः वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेत मंगलगढी चोक नजिक रहेको मानिकेज उर्जा पसलमा भएको आगलागीले निस्सासिएकी एक वृद्धा महिलाको मृत्यु भएको छ ।

चितवन टाँडी घर सुर्खेत बहिनी भेट्न आएकी भुसालको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनसार सोमबार अपरान्ह ४ः१५ बजेको समयमा बिजुलीको तार सर्ट हुँदा भएको आगलागीले जलिरहेको घरबाट ७० वर्षीय तुलसी भुसाललाई निस्सासिएको अवस्थामा उद्धार गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक श्यामप्रकाश यादवको नेतृत्वमा ७१, राजदल गण एयरपोर्टबाट प्रमुख सेनानी भद्रबहादुर सिंहको नेतृत्वमा ५० सशस्त्र प्रहरी बल नेपाल नं.३२ गण हेडक्वाटर रक्तकाली गण सुर्खेतबाट सहायक प्रहरी निरीक्षक रामबहादुर खत्रीको नेतृत्वमा २१ जनाको टोली, आयल निगाम सुर्खेतको दमकल र डिभिजन बन कार्यालय सुर्खेतको ट्याङकरसहित स्थानीयको सहयोगमा पाँच घण्टा पनि आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिकृया दिनुहोस्