OnlinePana

आज : २०८२ माघ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ७, २०८२
४६ पटक

पुर्णराज बुढा /जुम्ला,
माघ ६ गते । जुम्लामा प्रतिनिधिसभाको उम्मेदवारी १० जनाले दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका  नेता नरेश भण्डारी सहित ९ जना राजनितिक दलका उम्मेदवार र एक जना स्वतन्त्र सहित १० जनाको उम्मेदवारी परेको हो । आज माघ ६ गते निर्वाचन आयोगको तालिका अनुसार मनोनयन दर्ता गर्ने दिनको अवसरमा जुम्लामा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सेनाका अनुसार नेपाली कम्युनिष्ट पार्टीबाट नरेश भण्डारी, नेपाली कांग्रेसका तर्फबाट दिपबहादुर शाही, नेकपा एमालेका तर्फबाट शान्तिलाल महतको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

यसैगरी रास्वपाका नेता विनिता कठायत, राप्रपाबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका नेता बिर्षबहादुर रावत, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी) का तर्फबाट बिर्खबहादुर शाही, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट मनऋषि धिताल, नेपाल जनता पार्टीबाट रनिल विक्रम शाहीको उम्मेदवारी परेको हो । यसैगरी जुम्लामा एकजानको स्वतन्त्र उम्मेदवारी परेको छ । यसैगरी भक्तबहादुर रावलले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस्