OnlinePana

आज : २०८२ माघ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ ३, २०८२
३८ पटक

अमृत बुढाथोकीमगर/जुम्ला,

माघ २ गते । फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको छ ।
जिल्ला अदालत जुम्लामा मुख्य निर्वाचनको कार्यालय जुम्ला जिल्ला न्यायधीस आनन्दराज पन्तले एक कार्यक्रम गरि उद्धाटन गर्नुभएको छ ।

निर्वाचन आयोगको तालिका अनुसार मुख्य निर्वाचन अधिकृत जुम्लाको कार्यालय स्थापना गरिएको जिल्ला न्यायधीस तथा मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो । उहाँले निर्वाचन स्वतन्त्र भएरहित निश्पक्ष गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित सुरक्षा निकाय, राजनैतिकदल, जनप्रतिनिधिको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले मतदाताले स्वतन्त्र रुपमा मतदान गर्न पाउने बिषयमा सवैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृत पन्तले निर्वाचन आचारसहिँतामा रहेर सवैले काम गर्नुहुनेछ भन्ने आशा गरिएको बताउदै माघ ४ गते राजनैतिक दल सँग थप वैठक राखिने जानकारी दिनुभयो । जनप्रतिनिधि, राजनैतिकदल, पत्रकारको सहभागिता मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । रजिष्ट्रार गोविन्द ढकालले निर्वाचन कार्यक्रम मतदान केन्द्र र मतको सुचि समेत सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँले निर्वाचन कार्यालयको सुचना टासेर काम गरिएको जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले निर्वाचन कार्यतालिका समेत जानकारी गरेको छ । निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन कार्यतालिका जिल्ला जिल्ला निर्वाचन कार्यालयले जिल्ला स्थित राजनैतिकदल, जनप्रतिनिधि, पत्रकार र सरोकारवाला निकायलाई सुचनापाटीमा टासेर जानकारी गराएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको तालिका अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता २०८२ माघ ६ गते १० देखी ५ बजे सम्म रहेको छ । मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सुचि प्रकाशन गर्ने माघ ६ गते ५ः०० देखी ७ः०० बजे, उम्मेदवारको विरोधमा उजुरी दिने माघ ७ गते १० ः०० बजे देखी ५ः०० बजे, मनोनयनपत्र र उजुरी उपरजाँचवुझ गरि निर्णय गर्ने माघ ७ गते देखी ८ गते ३ः०० बजे देखी ५ः०० बजे सम्म रहेको छ । यसैगरी उम्मेदवारको नामावली प्रकाशन माघ ८ गते ५ः०० बजे देखी ७ः०० बजे सम्म रहेको छ । उम्मेदवारको नाम फिर्ता लिने माघ ९ गते १०ः०० देखी १ः०० बजेको समय तालिका छ । उम्मेदवारको अन्तिम नामावली तयार गर्ने माघ ९ गते १ः०० बजेदेखी ३ः०० बजे सम्मको समय छ । यसैगरी उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने माघ ९ गते ४ः०० बजे देखी ७ः०० बजे रहेको छ भने मतदात २०८२ फागुन २१ गतेको समय रहेको थियो ।

मुख्य निर्वाचनको कार्यालय स्थापना सँगै चुनावी कार्य तिब्र अगाडि बढिरहेको छ । जुम्लामा यस बर्ष ७१ हजार सात सय ३९ मतदाता रहेका छन् । ८३ वटा मतदानस्थल, एक सय १० बटा मतदानकेन्द्र रहेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार २ वटा मतदान केन्द्र अस्थायी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

क्याप्सन :जुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना तस्बिर नेत्र शाही, जुम्ला ।

प्रतिकृया दिनुहोस्