OnlinePana

आज : २०८२ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १, २०८२
२ पटक

३० पुस २०८२, बुधबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतको उद्घाटन गर्नुभएको छ ।

प्रदेश प्रहरीको परिसरभित्र निर्मित १५ शैय्याको प्रहरी अस्पतालको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले प्रहरी कर्मचारीका साथै सर्वसाधरणहरुको उपचारका लागि उपयोग हुने गरी निर्माण गरिएको अस्पतालले यहाँका नागरिकहरुको स्वास्थ्य सुधारमा विशेष सहयोग पुग्ने बताउनुभयो । सुर्खेत राजधानी सहर भएकोले यहाँको बढ्दो जनसंख्या, सवारी दुर्घटनाबाट आउने समस्याको प्रहरी अस्पतालको थप टेवा पुग्न उहाँको भनाई थियो ।

“वीरेन्द्रनगरमा दुव्र्यसनी र दुर्घटना दुवै बढ्दै गएका छन् । शान्ति सुरक्षा कायम गर्नुका साथै अस्पताल सेवा दिने कामले प्रहरीको जिम्मेवारी बढेको छ,” मुख्यमन्त्री कँडेलले भन्नुभयो, “शान्ति सुरक्षामा विशष ध्यान दिन सकियो भने मात्र कर्णाली विकसित, व्यवस्थित, समुन्नत र भरपर्दो सहरका रुपमा निर्माण हुन सक्ने भरोसा राख्न सकिन्छ ।”

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पताल सञ्चालनले प्रहरी र नागरिकबीच सुमधुर सम्बन्ध कायम हुने बताउनुभयो । स्वास्थ्य उपचारमा गुणस्तरीय सेवा प्रवाह गर्नुपर्ने भन्दै उहाँले अस्पताल तथा जनशक्ति व्यवस्थापन र उपकरणमा प्रदेश सरकारले सक्दो सहयोग प्रदान गर्ने जनाउनुभयो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले भोलिदेखि नै प्रदेश प्रहरी अस्पतालले सेवा सञ्चालन गर्ने बताउनुभयो । अस्पताल सञ्चालन तथा सेवा प्रवाहमा प्रदेश र स्थानीय दुवै सरकारबाट सहयोगको अपेक्षा रहेको प्रहरी नायब महानिरीक्षक श्रेष्ठको भनाई थियो ।

उक्त अस्पतालले सेवालाई विस्तार गर्दै अन्तरंग विभाग, ल्याब, फार्मेसी, माईनर अप्रेसन, आँखाको रोगी, आपिडी तथा सर्वसाधारणलाई उपचार सेवा प्रदान गर्ने कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्