OnlinePana

आज : २०८३ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १, २०८२
१८२ पटक

३० पुस २०८२, बुधबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अस्पतालको निर्माणाधिन बिरामी कुरुवा घरको गुणस्तर सुधार्न निर्देशन दिनुभएको छ ।

निर्माणाधिन भवनको भित्ता नै फाटेको समाचार मिडियामा आएको कुराले ध्यानाकर्षण गराएको भन्दै आज निर्माणस्थलमै पुगेर अनुगमन गर्नुभएका मुख्यमन्त्री कँडेलले गेहेन्द्रलक्ष्मी निर्माण सेवाका प्रतिनिधि पुरुषोत्तम दुलाललाई भवनको गुणस्तर तत्काल सुधार गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “निर्माण कार्य भइरहेको छ । यसमा अहिले नै कारवाही गर्नुपर्ने छैन । तोकिएको मापदण्ड अनुसारका निर्माण सामग्री हालेर भवनको गुणस्तर कायम गर्नुस् ।”

आफूले जिम्मा लिएको काम सम्झौता अनुसार पुरा गर्नुपर्ने भन्दै मुख्यमन्त्री कँडेलले मापदण्डमै रही पुरस्कृत हुनेगरी निर्माणको कार्य सम्पन्न गर्न सो निर्माण कम्पनीलाई सुझाउनुभयो । कम्पनीका प्रतिनिधि दुलालले भएको कमजोरीमा सुधार गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विसं.२०८१ भदौ महिनामा निर्माण कार्य सुरु गरिएको रु.पाँच करोड १२ लाख लागतको उक्त भवनको निर्माण कार्य आगामी चैत ३० गते सम्पन्न हुने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्