OnlinePana

आज : २०८२ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १, २०८२
४ पटक

३० पुस २०८२, बुधबार

सुर्खेतः सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले कर्णाली खेलकुद विकास परिषद्को सदस्य सचिवका लागि प्रारम्भिक योग्यताक्रमको सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयले विसं.२०८२ मंसिर ९ गते परिषद् सदस्य सचिव सिफारिसका लागि दरखास्त आह्वानको सूचना गरेको थियो । उक्त सूचना बमोजिम सदस्य सचिव पदका लागि २१ जनाको निवेदन परेको थियो । जसमा शैक्षिक योग्यता र अनुभवसम्बन्धी कागजात मूल्याङ्कन अनुसार आज दश जनाको नामसहितको सूची सार्वजनिक गरिएको मन्त्रालयका सचिव एवं छनौट समितिका संयोजक धोलकराज ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली खेलकुद विकास परिषद् सदस्य सचिव छनौट सम्बन्धी मापदण्ड–२०८२ को दफा ७ बमोजिम मूल्याङ्कनका आधारमा चन्दननाथ नगरपालिका १० जुम्लाका चेतनराज गिरी, भैरवी गाउँपालिका ५ दैलेखका जगतप्रसाद रिजाल, भेरीगंगा नगरपालिका ४ सुर्खेतका दिपक हमाल, वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका दिलिप बस्याललाई छनोट गरिएको छ ।

त्यस्तै, खाँडाचक्र नगरपालिका ७ कालीकोट पंखबहादुर मल्ल, दुल्लु नगरपालिका ८ दैलेखका पवनकुमार थापा, वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका प्रभात थापा, वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेतका प्रमोद हमाल, वीरेन्द्रनगर ७ सुर्खेतकै रविन्द्र चन्द र नारायण नगरपालिका ८ दैलेखका हेमा खड्काको नाम सूचीमा परेको संयोजक ढकालले बताउनुभयो । उहाँका अनुसार सूचीमा परेकाहरुलाई यही माघ ३ गते शनिबार अन्तरवार्ताका लागि उपस्थित हुन सूचना गरिएको छ ।

प्रतिकृया दिनुहोस्