OnlinePana

आज : २०८३ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
माघ १, २०८२
१७४ पटक

३० पुस २०८२, बुधबार

सुर्खेतः सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले कर्णाली खेलकुद विकास परिषद्को सदस्य सचिवका लागि प्रारम्भिक योग्यताक्रमको सूची सार्वजनिक गरेको छ ।

मन्त्रालयले विसं.२०८२ मंसिर ९ गते परिषद् सदस्य सचिव सिफारिसका लागि दरखास्त आह्वानको सूचना गरेको थियो । उक्त सूचना बमोजिम सदस्य सचिव पदका लागि २१ जनाको निवेदन परेको थियो । जसमा शैक्षिक योग्यता र अनुभवसम्बन्धी कागजात मूल्याङ्कन अनुसार आज दश जनाको नामसहितको सूची सार्वजनिक गरिएको मन्त्रालयका सचिव एवं छनौट समितिका संयोजक धोलकराज ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णाली खेलकुद विकास परिषद् सदस्य सचिव छनौट सम्बन्धी मापदण्ड–२०८२ को दफा ७ बमोजिम मूल्याङ्कनका आधारमा चन्दननाथ नगरपालिका १० जुम्लाका चेतनराज गिरी, भैरवी गाउँपालिका ५ दैलेखका जगतप्रसाद रिजाल, भेरीगंगा नगरपालिका ४ सुर्खेतका दिपक हमाल, वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका दिलिप बस्याललाई छनोट गरिएको छ ।

त्यस्तै, खाँडाचक्र नगरपालिका ७ कालीकोट पंखबहादुर मल्ल, दुल्लु नगरपालिका ८ दैलेखका पवनकुमार थापा, वीरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका प्रभात थापा, वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेतका प्रमोद हमाल, वीरेन्द्रनगर ७ सुर्खेतकै रविन्द्र चन्द र नारायण नगरपालिका ८ दैलेखका हेमा खड्काको नाम सूचीमा परेको संयोजक ढकालले बताउनुभयो । उहाँका अनुसार सूचीमा परेकाहरुलाई यही माघ ३ गते शनिबार अन्तरवार्ताका लागि उपस्थित हुन सूचना गरिएको छ ।

प्रतिकृया दिनुहोस्