OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कोरोना संक्रमित ठाउँ तत्काल सिल गरौं: नेता शाही

भारत हाम्रो असल मित्र कहिल्यै भएन

कोरपाटी संवाददाताजेठ १८, २०७७ सुर्खेत,
१५९२ पटक

१८ जेठ २०७७ आईतबार

कर्णाली प्रदेशसभा प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश कोरोना संक्रमणको भयावह अवस्थामा पुगेको बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको छैटौ बैठकमा बोल्दैे आज उहाँले भारतबाट भित्रिएका नागरिकहरुलाई प्रदेश सरकारले क्वारेन्टिनमा व्यवस्थापन गर्न नसेका कारण कर्णाली थप कोरोनाको जोखिमतर्फ धकेलिएको प्रतिक्रिया दिनुभयो । प्रदेशमा भयावह अवस्था आईरहँदा पनि सरकार सुतिरहेको जस्तो अवस्थामा रहेको टिप्पणी गर्दै नेता शाहीले संक्रमित ठाउँमा तत्काल सिल गर्न आग्रह गर्नुभयो ।

प्रदेश सरकारलाई कोरोना प्रतिकार्यको तयारी गर्ने प्रयाप्त समय हुँदा पनि त्यसको आइसोलेसन, क्वारेन्टिन निर्माण, किट व्यवस्थान तथा परीक्षण गर्नतिर गम्भीर नभएको उहाँले आरोप लगाउनुभयो । “भारतबाट आएका नागरिकहरुको लगत संकलन गरी सीमा क्षेत्रमा क्वारेन्टिन बनाएर जाँच गरौं,” उहाँले भन्नुभयो, “कोरोना प्रतिकार्यमा हामीले सरकारलाई आवश्यक सहयोग दिन्छौं भन्दै आएपनि सरकारले वेवास्ता गर्यो ।”

नेकपा प्रमुख सचेतक गुलाबजंग शाहले सरकारको व्यवस्थापन फितलो भएको बताउनुभयो । उहाँले क्वारेन्टिन व्यवस्थापन गर्न र परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह गर्नुभयो । प्रदेशसभा सदस्य हिमबहादुर शाहीले दैलेखमा देखिएको भयावह अवस्था परिस्थिति नियन्त्रणका लागि प्रदेश सरकारसँग २४ घण्टाभित्र एकीकृत ठोस कार्ययोजना दिन माग गर्नुभयो ।

सुर्खेत, दैलेख, सल्यान र कालीकोट गरेर एक हप्ताभित्रै १२३ कोरोना संक्रमित भेटिनुले कर्णालीका अन्य जिल्लाहरु पनि अछुतो नरहने भन्दै उहाँले यहाँका नागरिकहरुको जीवन सुरक्षार्थ सरकारको ध्यानाकर्षण गराउनुभयो । भारतका कारण कर्णाली कोरोना संक्रमितको संख्या अप्रत्यासितरुपमा बढेको छ ।

भारत हाम्रो असल मित्र कहिल्यै भएन: संसद शाही

कर्णाली प्रदेशसभा सदस्य कुर्मराज शाहीले भारतका कारण नेपाल तथा कर्णाली प्रदेशमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको आरोप लगाउनुभएको छ ।

कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको छैटौ बैठकमा बोल्दैे प्रदेशसभा सदस्य शाहीले भारतले नेपाली भूमिमाथिको हस्तक्षेप गर्नेदेखि नेपाली नागरिकहरुलाई कोरोना संक्रमित बनाएर नेपाल लखेट्ने काम गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “कर्णालीमा पछिल्लो समयमा भारतले बस्न नदिएर नेपाल आउन बाध्य पारिएका नागरिकहरुबाट कोरोना भाइरसको संक्रमण फैलिएको छ ।”

ज्याला मजदुरीका लागि भारतका विभिन्न ठाउँमा पुगेका नेपालीले अहिले पनि आफूलाई फोन गरेर भारतीयहरुले घरबाट निकाली बस्न नदिएको र नेपालमा आउन बाध्य बनाईएको कुराले भारत नेपालका लागि असल मित्र कहिल्यै हुन नसकेको सदस्य शाहीले रोष प्रकट गर्नुभयो । कर्णालीमा देखिएको कोराना संक्रमणको उच्च जोखिम न्यूनिकरणमा प्रदेशसभा सदस्यहरुको साथ सहयोग हुने भन्दै उहाँले यसमा प्रदेश सरकारलाई तीव्रताका साथ लाग्न आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्