

जुम्ला/पुस १९ गते । जुम्लामा चारसय ८८ जना मानिस अटने क्षमताको बहुउदेश्यीय सभाहल निर्माण कार्य तिब्र अगाडि बढिरहेको छ ।
जिल्ला समन्वय समितिको प्रांगणमा कार्यालय भवन सहित बहुउद्देश्य हल निमाण भईरहेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार तत्कालिन जिल्ला विकास समितिका संरचना जिर्ण भईरहेको समयमा कार्यालय भवन सहित बहुउद्देश्यीय सभाहल निर्माण भईरहेको छ । हलमा मिलेर बसेपछि पाँच सय बढि मानिस अटाउने उहाँको भनाई रहेको छ ।
नेपाल सरकार सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाको सहयोगमा उक्त सभाहल र कार्यालय निर्माण भईरहेको छ । सहरी विकास तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रु दुई करोड ७८ लाख १० हजार छ सय ५१ रुपैया ६० पैसा लागतमा कौशिक÷जेभी सन्ध्याय जेभी नेपालगञ्जले ठेक्का लिई काम गरिरहेको छ ।
जिल्लामा बृहत हल निर्माण नहुदा लामो समय देखी समस्या भोगिरहेको जिल्लाले यो बहुउद्देश्यीय हलले मध्य खालका कार्यक्रममा सहजता आउने भएको छ । यस तत्कालिन समयमा जिल्ला विकास परिषदमै निर्माण भईरहको परिषद भवन अलपत्र भएपछि त्यसको निकास हाल सम्म हुन सकेको छैन । सोही कारणले अहिले जिल्ला समन्वय समितिको प्रस्ताबमा नयाँ कार्यालय भवन र सभाहल निार्माण भईरहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार सभाहल ६० प्रतिशत निर्माण सम्पन्न भईसकेको छ । यसैगरी जिल्ला समन्वय समितिको कार्यालय भवन तल्लो तला चारकोठा तथा हल सहितको निर्माण भईरहेको छ । समन्वय प्रमुख आचार्यले दुईतले निर्माण हुने भएकाले जम्मा १० कोठाको नयाँ भवन निर्माण हुने बताउनुभयो । उहाँका अनुसार यो बर्षमै निर्माण सम्पन्न हुने गरि काम सम्पन्न भएको छ । उहाँका अनुसार भवन चाडै निर्माण सम्पन्न हुने भएको छ । जिल्लामा मध्यमखालको हल नभएका कारण कतिपय कार्यक्रमहरु खेतवारी र चौरमा गरिदै आउने काम भएको छ ।
क्याप्सन : निर्माणाधिन जिल्ला समन्वय समितिको बहुउद्देश्यीसभाहल तथा कार्यालय भवन तस्बिर नेत्र शाही, जुम्ला ।








