OnlinePana

आज : २०८२ माघ २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष १९, २०८२
६८ पटक

१९ पुस २०८२, शनिबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आसन्न फागुन १ गतेको चुनाव निष्पक्ष र भयमुक्तरुपले सम्पन्न गराउन सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को आज सुर्खेतमा बसेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले निर्धारित समयमै चुनाव सम्पन्न गराउनेमा सरकार अन्यौलमा रहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “सुरुमा राजनीतिक दलहरूको नाम देखाएर चुनाव सार्न चाहेको भए पनि हाल त्यो सम्भावना हटिसकेको छ । पहिला दल देखाइयो तर अहिले सरकार आफै अन्यौल छ ।” सरकारको व्यवहारले अझै पनि चुनावप्रति स्पष्ट प्रतिवद्धता नदेखिएको उहाँले आरोप लगाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवसमेत रहेका उहाँले वर्तमान सरकार फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको दोषारोपण गर्दै भन्नुभयो, “सरकार चुनाव हुन्छ भन्छ तर हाम्रो पार्टीका अध्यक्षलाई स्थान हद तोकेर चुनावमा प्रचारप्रसारको वातावरण नै बनाइँदैन भने कसरी चुनाव हुन्छ ?” चुनावी गतिविधिमा अनावश्यक रोक लगाइनु लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत भएको उहाँको टिप्पणी थियो ।

मुख्यमन्त्री कँडेलले नेकपा एमाले लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै चुनावको सधैं सम्मान गर्ने र सहभागी हुने स्पष्ट पार्नुभयो । निष्पक्ष, स्वतन्त्र र भयमुक्त चुनाव हुनुपर्नेमा जोड दिँदै उहाँले संविधान, आन्दोलनको रक्षा र देशका लागि पार्टीले दिएको ऐतिहासिक योगदान बुझेर सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्नुभयो ।

प्रतिकृया दिनुहोस्