पौष १२, २०८२

१२२ पटक

जुम्ला/पुस १२ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) ले समानुपातिक उम्मेदवारमा जुम्लाबाट दुईजनाले आवेदन दिएका छन् । जिल्ला सभापति मकरबहादुर भण्डारीका अनुसार जुम्लाबाट समानुपातिक उम्मेदवारका लागि आफ्नो र सिंजाका बरमबहादुर शाहीको आवेदन परेको जानकारी दिनुभयो ।
रास्वपाका अनुसार समानुपातिकमा छनौट हुनका लागि आज विहान देखी अनलाईन मतदान शुरु भएको छ । रास्वपाका यूवा नेता बरमबहादुर शाहीले विहान ७ बजेदेखी भोली वेलुकी ७ बजे सम्म एप्स मार्फत अनलाईन मतदान गर्ने तालिका रहेको जानकारी दिनुभयो । रास्वपाका अनुसार प्रत्यक्ष उम्मेदवारको भने छलफल भईरहेको छ । यस अगाडि जुम्लाबाट रास्वपाले सांसद विनिता कठायतलाई सामानुपातिक सांसद बनाएको थियो ।
रास्वपाले ईच्छुक उम्मेदवारको आवेदन मागेर मतदान गरेर छनौट गर्दैछ ।








