OnlinePana

आज : २०८२ पौष ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दिपक बुढ्थापापौष ६, २०८२जुम्ला
१०३ पटक

दिपक बुढ्थापा/जुम्ला,

पुस ६ गते । जुम्लामा हवाई यातायात सहज बनाउनका लागि अन्तरक्रिया गरिएको छ । नागरिक उड्डयन प्राधिकरण जुम्ला कार्यालयको आयोजना, जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको समन्वयमा अन्तरक्रिया गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाईन्स सहित निजी एयरलाईन्स, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, नागरिक समाज र पत्रकार सँग बृहत अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा जुम्लामा नेपाल नागरिक उड्ययन प्राधिकरण जुम्लाका प्रमुख प्रदिप अर्यालले जु्म्ला विमानस्थल, जहाज सेवाको ईतिहास, वर्तमान सेवा, समस्या र चुनौतिका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ । उहाँले टिकट अभाव र सहजरुपमा टिकटको उपलब्धता हुन नसक्नु मुख्य समस्या भएको बताउदै समस्या सामाधानको बिषयमा पनि प्रष्ट्याउनु भएको छ । हाईसेवा दुर्गम क्षेत्रका लागि सामाजिक अधिकारको बिषय भएकाले सहज गर्न सवैको साथ चाहिएको बताउनुभयो । मानव अधिकार आयोग जुम्ला प्रमुख कल्पना आचार्य नेपालले पनि हवाई सेवाका लागि आएका गुनासा र भएका प्रयास बारे कार्यपत्र प्रस्तुत गर्नुभयो । जुम्लामा संचालन हुने निजी जहाजले कार्यालय नखोल्ने र टिकट वितरणमा समस्या भईरहेको व्यापक गुनासो तथा विरामीलाई समेत समस्या भईरहेको छ ।

अन्तरक्रियामा संचालन हुने जहाँजका कार्यालय बाहिर खोल्ने बिषय, टिकट अनलाईन सहित सहजीकरण गर्ने बिषय र केन्द्रीय स्तरमा नितिगत तहमा काम गर्ने बिषयमा छलफल भएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले विमानस्थल भित्रका कार्यालय तत्काल बाहिर खोलेर नागरिकका लागि सहज गर्र्नुपर्ने बताउनुभयो । उहाँले विगतमा गरिएका निर्णय कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्नुभयो । उहाँले एयरलाईन्सलाई विमानस्थलमा सेवाग्राही नागरिकलाई मुस्कान सहितको सेवा दिन देखी टिकट सहज बनाउन सूझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले आजको दिनबाट कति दिनभित्र काउण्टर खोल्न सक्नुहुन्छ खोल्न जहाँजका प्रतिनिधिलाई निर्देशन दिनुभयो । उहाँले बिगतका निर्णय के भएका छन्, ति कार्यान्वयन गर्न नागरिक उड्यन कार्यालयलाई निर्देशन दिनुभयो । उहाँले यसका लागि गृहकार्य गरेर अगाडि बढने प्रतिवद्धता जनाउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख कल्पना आचार्य नेपालले चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायत र उपप्रमुख रामदेवी खड्काले सर्वसाधारण नागरिकका लागि कसरी टिकट प्रणाली सहज गर्ने भन्ने कुरामा जोड दिन सवैको प्रथामिकता रहने बताउनुभयो । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले विगतका निर्णयलाई कार्यान्वयन गरेर अगाडि बढ्न जहाजका प्रतिनिधि तयार हुनुपर्ने सुझाव दिनुभयो । पत्रकार महासंघ शाखा जुम्लाका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाहीले दुईवटा बिषय स्थानीय तहमा गर्न सकिने कुरा र केन्द्रीय तहमा नितिगत रुपमा गर्न सकिने कुरामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

उहाँले जहाँजका काउण्टर खोल्ने, टिकट सहज गर्ने स्थानीय स्तरमा हो भने नेपाल एयरलाईन्सलाई नियमित गर्ने, दरबन्दी थप गर्ने बिषय केन्द्रमा पहलगर्नुपर्नेमा जोड दिनुभयो । अन्तरक्रियामा नेपाल एयरलाईन्स सहित निजी विमान समिट एयर, तारा एयर, सिता एयरका प्रतिनिधि अन्तरक्रियामा सहभागि भई आफ्नो धारणा राखेका छन् । अन्तरक्रिया पछि सहजता, नियमिता र भरपर्दो कालागि के गर्न सकिन्छ, सोही बिषयमा निश्कर्ष निकालिने नागरिक उड््डयन प्राधिकररणले जनाएको छ ।

प्रतिकृया दिनुहोस्