OnlinePana

आज : २०८२ पौष ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ४, २०८२
४ पटक

४ पुस २०८२, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा प्राङगारिक मिसनमा मूल्यवान लोगोः अवसर, चुनौति र कार्यदिशा विषयक ‘कर्णाली संवाद’ सुरु भएको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा दिगो कृषि तथा जैविक स्रोतका लागि एशियाली नेटवर्क (एन्साब) र लिबर्डको आयोजनामा पर्यावरणीय कृषिमा आधारिक स्थानीय खाद्य प्रणाली रुपान्तरण परियोजनाअन्तरगत ‘कर्णाली संवाद’ सुरु भएको हो । संवादको उद्घाटन आज कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले गर्नुभएको हो ।

उक्त संवादमा कर्णालीमा उत्पादित कृषि उपज, त्यसको पहिचान, ग्रेडिङ, प्याकेजिङ बजारीकरण र ट्रेडमार्कका लागि मूल्यावन लोगो प्रयोगले प्राप्त अवसर, देखिएका चुनौति र आगामी कार्यदिशाका बारेमा सरोकारवालाहरुबीच संवाद सुरु भएको छ । एन्साबका कार्यकारी निर्देशक डा.भीष्मप्रसाद सुवेदीले मूल्यवान लोगो सुरुवात गरेको कर्णालीले प्राङ्गारिक अभियानमा राज्यको अगुवाई गरेको बताउँदै जैविक विविधताका हिसाबले विश्वमा धनी मानिने यहाँको परम्परागत ज्ञान, उत्पादन र खाद्य प्रणालीलाई संरक्षण र प्रवद्र्धन गर्ने ध्येयले संवादको आयोजना गरिएको जनाउनुभयो ।

संवादले कर्णालीको खेतबारी र पाखो भूमिमा उत्पादित रैथाने कृषि उपज, यसको पहिचानको आवश्यकता, पछिल्लो अवस्था तथा संरक्षण तथा संरक्षण सरकारी निकाय तथा गैर सरकारी संघसंस्था र नीजि क्षेत्रबाट भएका प्रयास एवं यहाँको उत्पादन, गुणस्तर र बजारीकरणमा नेपालसहित विश्वमा प्रवाह भएको सन्देशका बारेमा छलफल हुने लिबर्डका रणनैतिक कार्यक्रम लिडर रिता गुरुङले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा जुम्लाको तातोपानी, दैलेखको दुल्लु नगरपालिका र सुर्खेतको बराहताल गाउँपालिका, गुर्भाकोट, भेरीगंगा नगरपालिकाका प्रमुख÷अध्यक्ष, मध्यपश्चिम विश्वविद्यालयका कृषि तथा पर्यावरणीय क्षेत्रका अनुसन्धानकर्ता, उद्योग बाणिज्य संघ, कृषिसँग सम्बन्धित संघसंस्था, उद्योगी, व्यवसायीसहितका सरोकारवालाहरुको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्