

३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
१९ सदस्यीय पदाधिकारीका लागि निर्वाचन भएको थियो । केन्द्रीय निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार, अध्यक्षमा केपी शर्मा ओली बिजयी हुनु भएको छ भने ओली समूका उम्मेदवारहरूकै वर्चश्व देखिएको छ ।
अध्यक्षमा ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका थिए । अध्यक्ष ओलीले १६६३ मत ल्याएका छन् भने प्रतिस्पर्धी ईश्वर पोख्रेलले ५६४ मत ल्याएका छन ।
दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर उत्रिएकोमा अधिकांश ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् । पोखरेल प्यानलबाट उपमहासचिवमा योगेश भट्टराई र उपाध्यक्षमा गोकर्ण विष्ट मात्रै विजयी भएका छन् । सचिवमा सबै ओलीकै प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
को को निर्वाचति भए ?
अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन् । उपाध्यक्षमा विष्णु पौडेल,रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्ट निर्वाचित हुनु भयो । यसैगरी महासचिव पदमा शंकर पोखरेल बिजयी हुनु भएको छ । यसैगरी उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई बिजयी भएका छन् ।
यसैगरी सचिव पदमा छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, पद्मा अर्याल,खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की र महेश बस्नेत निर्वाचित भएका छन् ।







