OnlinePana

आज : २०८३ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ३०, २०८२
२०२ पटक

२९ मंसिर २०८२, मंगलबार

सुर्खेतः कर्णालीमा सबैका लागि यौन तथा प्रजनन् स्वास्थ्य तथा सुरक्षित गर्भपतन अधिकारसम्बन्धी अभिमुखीकरण दिइएको छ ।

वियोण्ड बेजिङ कमिटिद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित सञ्चारकर्मीहरुका लागि सुरक्षित गर्भपतनसम्बन्धी अभिमुखीकरण तथा सचेतना कार्यक्रममा यहाँका पत्रकार तथा सञ्चारकर्मीहरुलाई अभिमखिीकरण गरिएको हो । उक्त कार्यक्रममा वियोण्ड बेजिङ कमिटिका अध्यक्ष कृष्णाकुमारी वाईवाले क्लाईडोस्कोप यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतनको अधिकारसँग सम्बन्धि विश्वव्यापी परियोजना भएको बताउनुभयो ।

उहाँले यो परियोजना कर्णाली र लुम्बिनी प्रदेशमा सञ्चालन गरिएको बताउनुभयो । नेपालमा ३० वर्षदेखि कार्यक्रम गर्न थालेको यो कमिटिले देशका ६७ जिल्लामा महिलाहरुले नेतृत्व गरेर काम भईरहेको जनाउनुभयो । कर्णाली र लुम्बिनीमा मातृ तथा शिशु मृत्यदर घटाउने उद्देश्यका साथ परियोजना सुचारु गरिएको उहाँले जनाउनुभयो ।

कमिटिका कार्यक्रम व्यवस्थापक मता विष्टले कलाईडोस्कोप विश्वव्यापी पहले भएको बताउँदै कर्णालीका १८ र लुम्बिनीका छ गरी जम्मा २४ पालिकाका कार्यक्रम सञ्चालन भएको जनाउनुभयो । उहाँका अनुसार मधेश प्रदेशमा पनि २४ पालिकामा कार्यक्रम सञ्चालन भएको छ ।

कमिटिका उपाध्यक्ष डा.लक्ष्मी तामाङले नेपालमा ५० प्रतिशत बाहिर र ५० प्रतिशत गर्भवतीहरु अस्पतालमा सुत्केरी हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँले कर्णालीको विकास, समृद्धि र सबल अर्थतन्त्र निर्माणका लागि शिक्षा, स्वास्थ्य र सडकको विकास हुनुपर्नेमा जोड दिनुभयो । कर्णालीमा अनावश्यकरुपमा गर्भवती महिलाको शल्यक्रिया गर्ने वातावरणले मानव स्वास्थ्य ठूलो खतरा आईलाग्ने उपाध्यक्ष डा.तामाङको भनाई थियो ।

प्रतिकृया दिनुहोस्