

२५ मंसिर २०८२ बिहीबार
सुर्खेतः कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ्गले मानव अधिकार संरक्षण र प्रवद्र्धनमा सबैको हातेमालो आवश्यक रहेको बताउँनु भएको छ ।
मानव अधिकारका लागि महिला एकल महिला, समूह कर्णाली प्रदेशले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको लोकतन्त्र र मानव अधिकार, कानूनको शासन र अन्तरपुस्ता न्यायको समर्थन विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउँनु भएको हो । मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक नीति, कानुन तथा संस्थागत सुधारमा सबैको हातेमालो जरुरी उहाँको भनाई छ । जुनसुकै क्रियाकलाप गर्दा हामी मानव अधिकारप्रति संवेदनशील बन्नुपर्ने र मानव अधिकारलाई केन्द्रमा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘मानव अधिकारको संरक्षण र प्रर्वद्धन गर्नु राज्यको दायित्व भए पनि हरेक व्यक्ति, नागरिक समाज र घरपरिवार मानव अधिकारका सवालमा जिम्मेवार बन्नुपर्छ । हामीले आ–आफ्नो सकारात्मक भूमिका र जिम्मेवारीलाई बहन गर्न सक्यौं भनेमात्र मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्छ ।’
अधिकारका सवालमा कुनै व्यक्तिको पीडा, अन्याय वा विभेद राज्यका लागि पनि चुनौती रहेको भन्दै उहाँले तीनवटै तहका सरकार र सरोकारवाला निकायको थप ध्यान जानुपर्ने उल्लेख गर्नुभयो । संघ, प्रदेश र स्थानीय तहमा कानुनी राज्य, सुशासन र सेवा प्रवाहलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताउँनुभयो । उहाँले सुशासनलाई व्यवहारमा रूपान्तरण गर्दै समानता, सामाजिक न्यायसहितको सभ्य समाज निर्माणमा सबैले योगदान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा सामाजिक विकासम मन्त्री घनश्याम भण्डारीले समाज निर्माणमा एकल महिलाहरुको भुमिका महत्वपूर्ण भुमिका रहेको बताउँनुभयो । उहाँले सन्नतीका लागि एकल महिलाहरुले खेलेको भुमिका चर्चा गर्दै समाज निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउँनुभयो ।
पृतिसतात्मक नेपाली समाजमा एकल महिलाहरुले भोग्नुपरेको दुःखान्तलाई स्मरण गराउँदै विगतको तुलनामा सुधारोन्मुख भईरहेको उहाँले दावी गर्नुभयो । उहाँले एकल महिलाहरुलाई दयाभावले भन्दा पनि होइन अधिकारका हिसाबले शक्तिशाली बनाउँनुपर्ने भन्दै यसका लागि सरकारी नीति योजनाहरु बनाउन आवश्यक रहेको बताउँनुभयो ।
एकल महिलाहरुले राजनीतिक परिवर्तन र मुलुकको व्यवस्थालाई यस ठाउँसम्म पुर्याउनका निमित्त गरेको योगदानको चर्चा गर्दै संस्थागत विकासका लागि पहल गरिने उहाँको भनाई थियो ।







