

काठमाण्डाै/ मंसिर २५ गते,
जुम्लाकाे चन्दननाथ बहुद्देश्यीय सहकारी संस्थाले काठमाडौंमा अर्गानिक कोसेली घर सञ्चालनमा ल्याएको छ ।
बिहीबार सहकारीले काठमाण्डाैंमा एक कार्यक्रमका विच काेशेलीघर उद्धान भएकाे हाे ।राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेशप्रसाद पोखरेलले काठमाडौं महानगरपालिका ११ भद्रकालीमा कोसेली घरको उद्घाटन गर्नु भएकाे छ । कोसेली घरमा कर्णालीमा उत्पादित अर्गानिक रैथाने कृषिजन्य उत्पादन राखिएको छ । जुम्लाकाे रंथाने मार्सिचामल , सिमि, दाल, स्याउकाे चाना, चिनु, काेदाे, फापरकाे पिठाे, भेडाकाे उनकाे राडिपाखि, कम्बल, खरायाेकाे टाेपी सहित विभिन्न रैथाने कृषि बस्तु ब्यापार हुने सहकारीका अध्यक्ष बिष्णु बिढाले जानकारी दिनुभयाे ।
यसअघि जुम्ला सदरमुकाम खलंगा, सुर्खेत विमानस्थल र नाग्म बजारमा मिनी मार्केट खोलेर सञ्चालनमा ल्याइसकेको सहकारीले बिहीबारदेखि काठमाडौंको कोसेली घर खोलेर सुपथ मूल्यमा कृषिबस्तुको किनबेच सुरु गरेकाे उहाँले बताउनुभयाे ।
कर्णालीमा उत्पादित रैथाने अर्गानिक कृषिबस्तुको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा टेवा पुर्याउने हेतुले कोसेली घर खोलेको सहकारीका कार्यकारी प्रमुख ऋषिराम पाण्डेले जानकारी दिनुभयाे ।
साे काेशेलीघर उद्धाटनमा संविधानसभा सदस्य नरेश भण्डारी सहितका नेताहरू पनि सहभागी हुनुभएकाे छ ।







