

नेत्र शाही/ जुम्ला ।
मंसिर २५ गते । साेमबार जुम्लामा एउटा दुःखत घटना भयाे ।
सिंजा गाउँपालिका २ निवासी चुलेल गाउँ निवासी २४ बर्षिय उब्जा वडकाे रूखबाट दाउरा काट्दै गर्दा चार महिने शिशु सहित खसेर शिशुकाे मृत्यु भएकाे छ, आमा उब्जी गम्भिर घाईते भएपछि अहिले कर्णाली प्रतिष्ठानमा उपचारका लागि ल्याईएकाे छ । अस्पतालकाे आईसियूकक्षमा उहाँकाे उपचार भईरहेकाे छ ।
उहाँ अचेत अवस्थामा भएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल शिक्षण अस्पताल जुम्लाले जनाएकाे छ । प्रतिष्ठानले बिरामीलाई थप सुविधाजनक स्थानमा लैजान रिफर गरिसकेकाे बताएकाे छ । तर आर्थिक अभाबले जिल्ला बाहिर लिन कठिन भएकाे परिवारले जनाएकाे छ । गम्भीर विरामीलाई सड्कबाट लिन कठिन छ । जहाजबाट लिन ३,४ वटा जहाज टिकट चाहिन्छ ।
परिवारलाई एकातिर चार महिनाकाे नवजात शिशुकाे ज्यान गएकाे शाेक छ, अर्काेतिर गम्भीर बिरामी उब्जाकाे उपचार कसरी गर्ने भन्ने समस्या भएकाे छ । गम्भिर बिरामी उब्जाकाे उपचारका लागि आर्थिक सहयाेग गर्न अपिल गरिएकाे छ । उहाँका भाई अग्रतिरूवाले कसरी उपचार गर्ने तनाब भएकाे अस्पतालमा बताउनु भयाे । स्थानीय धिरबहादुर वडले बिरामी बचाउनुपर्ने भएकाले आर्थिक संकलन शुरू गर्न आवश्यक रहेकाे बताउनु भयाे। उहाँले सानाे, सानाे सहयाेगले मानिसकाे जीवन बचाउने भएकाले सवैले सहयाेग गर्न आवश्यक रहेकाे बताउनुभयाे । आर्थिक सहयाेगका लागि कृर्षि विकास बैङ्क धिरबहादुर वडकाे ०७२८९०५०४६९३३०१९ मा जम्मा गर्न सकिनेछ । यस खाताकाे क्यूआर काेड समेत रहेकाे छ ।








