OnlinePana

आज : २०८२ मंसिर २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २५, २०८२
७८ पटक

सिंजा/जुम्ला,

मंसिर २४ गते । जुम्लाको सिँजा गाउँपालिका–स्थित चुलेलगाउँको धराचौर जङ्गलमा दाउरा काट्न गएका बेला रुखबाट खस्दा एक आमा गम्भीर घाइते भएकी छन् । उनका चार महिनाका शिशुको घटनास्थलमै मृत्यु भएको छ ।

वडाअध्यक्ष तिर्थ वडका अनुसार स्थानीय लाेकबहादुर वडकी २६ वर्षीया उब्जा वड शिशुलाई पिठ्युँमा बोकेर दाउरा काट्न रुख चढेकी र लडेकी थिईन ।

उहाँका अनुसार दाउरा काट्ने क्रममा आमाछोरा दुबै एकैसाथ रुखबाट खसेका थिए । रुखबाट खस्दा चार महिनाका शिशु चन्द्रमल वडकाे घटनास्थलमै मृत्यु भएको र आमा उब्जा वड गम्भीर घाइते भएको वडाअध्यक्ष वडले जानकारी दिनुभयो । घाइते आमालाई सिँजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारका लागि पठाइएको र उपचार भईरहेकाे छ ।

प्रतिकृया दिनुहोस्