OnlinePana

आज : २०८२ मंसिर २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २४, २०८२
२७ पटक

२३ मंसिर २०८२, मंगलबार

सुर्खेतः जनता समाज पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा उत्पन्न भएको गम्भीर संकट टार्न चुनाव हुनुपर्ने बताउनुभएको छ ।

जसपा नेपाल कर्णाली प्रदेशद्वारा आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अन्यौलताको बीचबाट मुलुक गुज्रिरहेको र यही अवस्था रहे ठूलो संकटको सामना गर्नुपर्ने अवस्था सिर्जना हुने बताउनुभयो । “अहिले देशको लोकतन्त्र र अर्थतन्त्र धरापमा छ । जेनजीहरुका एजेण्डाहरुले स्थान पाएका छैनन्,” उहाँले भन्नुभयो, “यसरी देखापरेको राष्ट्रिय समस्या हल गर्न चुनावी जनादेश प्राप्त गरेको वर्तमान सरकारले फागुन २१ गते चुनाव गर्नैपर्छ ।”

चुनाव स्वतन्त्र, भयरहित र निष्पक्ष हुनेका शंका रहेको बताउँदै अध्यक्ष यादवले सेनाले गराउने चुनावबाट लोकतन्त्र खतरा अवस्थामा पुग्ने तर्क गर्नुभयो । जेनजी आन्दोलनपश्चात् सुरक्षकर्मीको मनोबल गिरेको जनाउनुभएका उहाँले मुलुकको आन्तरिक सुरक्षामा संकट बढ्दै गइरहेको उल्लेख गर्नुभयो । उत्पन्न राष्ट्रिय समस्या समाधानका निम्ति सरकारले दलहरुसँग समन्वय सहकार्य बढाएर चुनाव सुनिश्चितको माहोल तयार गर्नुपर्ने उहाँको भनाई थियो ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले नेपाल जस्ता अल्पविकसित देशहरु विश्व भूराजनीतिबाट प्रभावित हुने गरेको तथापि त्यो प्रभावबाट जोगिन र आफू अनुकूल बनाउन नेतृत्वको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्नुभयो । संविधानले प्रदेशहरुलाई स्वायत्तताको अधिकार दिँदै गर्दा पनि संघ सरकारका कारण संघीयता कार्यान्वयनमा अवरोध सिर्जना भएको उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्