OnlinePana

आज : २०८२ मंसिर २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २३, २०८२
१६ पटक

२२ मंसिर २०८२, सोमबार

सुर्खेतः समाजमा प्रवाह हुँदै आएको ‘लोक सञ्चार मौलिक संस्कृति प्रवद्र्धनको मूल आधार’ भएको बताइएको छ ।

सुर्खेत वीरेन्द्रनगरमा आज आयोजित राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल कर्णाली प्रदेश समितिको नव गठित कार्य समिति घोषणा कार्यक्रममा बोल्दै बरिष्ठ सञ्चारकर्मी तथा ईन्द्रेणीका सञ्चालक तथा चर्चित लोक दोहोरी गायक कृष्ण कँडेलले कर्णाली लोक कला, संस्कृति र साहित्यको उर्बर भूमि भएको बताउनुभयो । यहाँको लोक संस्कृतिलाई विश्व समुदायसम्म कसरी प्रवद्र्धन गर्ने भन्ने हेतुले लोक सञ्चारकर्मी नेपालको गठन हुनु नेपाल र नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो ।

“हामीले समाजमा संस्कार र विश्वास दुवै बाँड्दै हिड्नुपर्छ,” उहाँले भन्नुभयो, “विश्वासको पुल बलियो बनाउन सकिएमा मात्र नागरिक तहमा सही सन्देश दिन सकिन्छ र हाम्रो आत्मसम्मान र स्वाभिमान बढ्छ तथा पहिचान कायम हुन्छ ।” भाषा, साहित्य, कला र संस्कृतिको उद्गमस्थलबाट पहिलो पटक गठित राष्ट्रिय लोक सञ्चारकर्मीले नेपाल कर्णाली प्रदेश समितिले संस्कृतिको जगेर्ना गर्ने सञ्चालक कँडेलको भनाई थियो ।

उक्त संगठनका केन्द्रीय सचिव एबम् कर्णाली प्रदेश इन्चार्ज कमल सरगमले विसं.२०६५ सालमा स्थापना भएको राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको संगठनलाई देशैभरि विस्तार गर्न लागिएको बताउनुभयो । उपत्यका पछि पहिलो पटक कर्णालीमा उक्त समिति गठन गरी लोक सञ्चारकर्मीको भूमिका र जिम्मेवारीको बोध गराइएको उहाँले जनाउनुभयो ।

उक्त कार्यक्रममा कुलेन्द्र शाहीको अध्यक्षतामा १८ सदस्यीय राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल कर्णाली प्रदेश समिति गठन गरिएको छ । जसको बरिष्ठ उपाध्यक्षमा विक्रान्त चालिसे, उपाध्यक्ष अनिता विक, सचिवमा पूर्ण सार्की, सहसचिवमा मनोज बोहरा, कोषाध्यक्षमा टीका घिमिरे, सहकोषाध्यक्षमा महेश बस्नेत, प्रवक्तामा यादव पौडेल र सदस्यहरुमा रमिता खड्का, चन्द्रप्रसाद भट्टराई, हिमेन्द्र विक, कमलकुमार न्यौपाने, जनक दशौदी, प्रज्ज्वल चुनारा, प्रकाश शाही, रुपलाल बूढाथोकी, दीपक सापकोटा र पूजा कुमारी रावललाई सर्वसम्मत चयन भएको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्