OnlinePana

आज : २०८२ कार्तिक १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक १७, २०८२
१७ पटक

१६ कात्तिक २०८२, आईतबार

सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित पाँच लागुऔषध प्रयोगकर्ताहरुलाई आज वीरेन्द्रनगरबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौं कारागारबाट फरार कैदी जगन्नाथदेवल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी जानकारी दिनुभयो । पक्राउ परेका देवललाई थप कैदका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको उहाँले बताउनुभयो ।

त्यसैगरी, सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७, ८, ११ र १२ नं.वडाबाट पाँच लागु औषध प्रयोगकर्ताहरुलाई पनि पक्राउ गरिएको उहाँले जनाउनुभयो । प्रवक्ता बुढ्थापाका अनुसार वीरेन्द्रनगर नगरपालिका ७ सुर्खेत निवासी ३० वर्षीय नरेन्द्र ठाडा र वडा नं. ८ का १९ वर्षीय ललिता तामाङ, १८ वर्षीय रमेश सुनार, वडा नं.११ का २० वर्षीय विशाल ठाडा मगर, वडा नं. १२ का २२ वर्षीय राजु सुनार रहेका छन् । नरेन्द्र र ललिताबाट पाँच सय ३० मिलिग्राम र रमेश, विशाल र राजुबाट दुई ग्राम लागु औषध ब्राउन सुगर बरामद गरिएको छ ।

गोप्य सूचनाका आधारमा प्रहरी तथा लागु औषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपालगञ्जदेखि सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२–००१ ज. ०७०९ न. को ई.भि.गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा ब्राउनसुगर बरामदसहित उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका उनीहरुलाई मुद्दा दर्ता गरी म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्