OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २८, २०८२
१९९ पटक

२८ असोज २०८२, मंगलबार

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रु.पाँच करोड बराबरको सहिद स्मृति तथा जीवन निर्वाह भत्ता दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा बसेको बैठकले रु.दुई करोड ५५ लाख ७२ हजार सहिद स्मृति र रु.दुई करोड २९ लाख ८० हजार भत्ता दिने निर्णय गरेको हो । कर्णाली प्रदेश विनियोजन ऐन, २०८२ को दफा ५ को उपदफा ३ बमोजिम सो बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयमार्फत स्थानीय तहमा अख्तियारी पठाउन स्वस्कृति दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोदकुमार शाहले जानकारी दिनुभयो ।

त्यसैगरी, उक्त बैठकले आयोजना प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धि (दोस्रो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश समपुरक अनुदान सम्बन्धि (पहिलो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश विषेश अनुदान सम्बन्धि (पहिलो संशोधन) कार्यविधि २०८२, कर्णाली प्रदेश ससर्त अनुदान सम्बन्धि (पहिलो संशोधन) कार्यविधि २०८२ र लैङ्गिक हिंसा प्रभावितका लागि घटना व्यवस्थापन तथा प्रेषण प्रक्रिया निर्देशिका, २०८२ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता शाहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्