OnlinePana

आज : २०८२ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २७, २०८२
१० पटक

२७ असोज २०८२, सोमबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जनताको विश्वास, भरोसा र समर्थनले मात्रै पार्टी सुरक्षित हुने बताउनुभएको छ ।

आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित नेकपा (एमाले) जिल्ला सचिवालयको बैठकमा बोल्दै मुख्यमन्त्री कँडेलले इतिहासमै पहिलो पटक भएको राजनीतिक असुरक्षाको स्थिति सिर्जनाले जनताको समर्थन विना कुनैपनि पार्टीको अस्तित्व नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको घर–घरमा पुगौं । उनीहरुलाई वर्तमान अवस्था र आगामी राजनीतिक चुनौतीबारे बुझाऔं । जनसमर्थनबाट दलहरुको बलियो बन्न सक्छन् ।”

मुख्यमन्त्री कँडेलले अहिलेको समय राजनीतिक दृष्टिले अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै कार्यकर्तालाई उच्च मनोबलका साथ सक्रिय हुन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “राजनीति भनेको जनसम्पर्क हो, जनता नै हाम्रो शक्ति हुन् । गाउँ–गाउँ, टोल–टोलमा पुगेर पार्टीको नीति, उद्देश्य र भविष्यको योजना जनतासामु पुर्याऔं ।”

अबको राजनीतिक यात्रा सजिलो नभएको औंल्याउँदै मुख्यमन्त्री कँडेलले कमजोर राजनीतिक चेतनाले पलायन र निराशा बढ्ने तर्क गर्नुभयो । पछिल्लो सयमा एमालेमाथि चारैतिरबाट प्रहार भइरहेकोले त्यसलाई जनशक्ति, संगठन र विश्वासको बलमा सामना गर्नुपर्ने उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्