OnlinePana

आज : २०८२ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन ७, २०८२
६६ पटक

७ असोज २०८२, मंगलबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भदौ २३ र २४ गते भएको आन्दोलनमा जेन्जी पुस्ताका पवित्र मागहरुमाथि स्वार्थ समुहले वितण्डा मच्चाएको बताउनुभएको छ ।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र कर्णाली प्रदेशद्धारा आज सुर्खेतमा आयोजित भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पवित्र उद्देश्य बोकेका जेनजी पुस्ताको ब्यानरमा निश्चित स्वार्थी व्यक्ति र समूहले प्रविधिको दुरुपयोग गरी वितण्डा मच्चाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण, स्थिर सरकार र सुशासन जस्तो पवित्र उद्देश्य र माग राखेका जेनजी पुस्ताको आन्दोलन हामी सबैले सकारात्मक मान्नुपर्छ तर उनीहरुलाई प्रयोग गरेर देशको सार्वभौमिकतामाथि प्रहार गर्ने गलत कामहरु भए”

निर्वाचित संस्था फालेर जेनजीको नाम भिर्नेहरु मन्त्री माग्न दुतावास धाउन थालेको तर्क गर्दै एउटा सार्वभौम राष्ट्रका लागि यो भन्दा लज्जास्पद अरु केही नहुने उहाँले बताउनुभयो । मुख्यमन्त्री कँडेलले भन्नुभयो, “आन्दोलनले न अधिकार स्थापित ग¥यो न लोकतन्त्र र मुलुकको सार्वभौमसत्तालाई बलियो बनाउने काम ग¥यो । हरेक आन्दोलन र क्रान्तिले ल्याएका परिवर्तन गौरव गर्न लायक भएपनि जेनजी पुस्ताको आन्दोलनपछि भएको हिंसात्मक गतिविधि कुनै कोणबाट देशको हितमा देखिदैन ।”

नागरिक सरकार गठन, सेनापतिसँग वार्ता, प्रतिनिधिसभा विघटन, मन्त्रीका लागि विदेशी संस्था र दुतावासहरुमा खुलेआम धाउन थालेका घटनाक्रमले जेनजी भाई बहिनीहरुले गरेको पवित्र आन्दोलनको मानमर्दन गरिएको समेत मुख्यमन्त्री कडेलको भनाई थियो । आन्दोलनलाई आफु अनुकुल बनाउन गरिएका मच्चाईएका वितण्डाहरु सार्वजनिक हुदै गएको बताउदै उहाँले आन्दोलनका नाममा भएका आगजनी र तोफोडले मुलुकलाई दीर्घकालसम्म नोक्सान पुर्याएको जनाउनुभयो ।

प्रतिकृया दिनुहोस्