OnlinePana

आज : २०८३ बैशाख १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र २५, २०८२
१५७ पटक

२४ भदौ २०८२, बुधबार

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार अपरान्ह ४ः३० बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागु गरेको निषेधाज्ञा आजसम्म जारी रहेको छ ।

भदौ २३ र २४ गतेसम्म जेन जेट प्रदर्शनकारीहरुको आन्दोलनबाट यहाँका सरकारी तथा सार्वजनिक र नेता, पार्टी तथा जनप्रतिनिधिहरुको घरमा आगजनी, सवारी साधन तोडफोडपश्चात् थप क्षति हुन नदिन भन्दै प्रशासनले हिजोबाट निषेधाज्ञा लागु गरेको हो । निषेधाज्ञा तोकिएको सिमानाबाहिरका होटल तथा पसल खुलेपनि बजार भने ठप्प रह्यो ।

स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन समेत) को दफा ६ (क) बमोजिम सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाको रत्नराजमार्ग अन्तरगत सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमल र यसको उत्तर–दक्षिण तीन सय मिटरमा आवतजावतमा रोक लगाएको छ । यस क्षेत्रमा नेपाली सेनाले कसैले आवतजावत गर्न, कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक गर्न दिएको छैन ।

नेपाली सेना र सशस्त्र प्रहरी बलको उच्च सुरक्षाका कारण मंगलबार अशान्त बनेको वीरेन्द्रनगर आज शान्त बन्यो । होटल पसल नखुलेका कारण व्यापार व्यवसाय हुन सकेन । छिटफुट रुपमा नागरिकहरुको आवतजावत भएपनि कहीकतै भीड र होहल्ला हुन सकेन । निषेधाज्ञाकै कारण सरकारी तथा गैरसरकारी कार्यालय र विद्यालय सञ्चालन हुन नसकेको जिल्ला प्रशासन कार्यालयले सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्