OnlinePana

आज : २०८३ जेठ १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १५, २०८२
२०० पटक

१५ भदौ २०८२, आईतबार

सुर्खेतः लोक सेवा आयोगले देशका सातै प्रदेशमा लोक सेवा पहुँच कार्यक्रम सञ्चालन कार्यलाई अगाडि बढाएको छ ।

आयोगले स्थापनाको पचहत्तरौं वर्ष (हिरक जयन्ती)को अवसरमा प्रदेश, स्थानीय तह र विश्वविद्यालयहरुको समन्वय तथा सहकार्यमा देशका सातै प्रदेशमा सबै जिल्लाबाट सहभागी हुने गरी लोक सेवा पहुँच कार्यक्रम सञ्चालन गरिरहेको छ ।

जनशक्ति छनोट मात्र नभई राज्यका सम्पूर्ण भौगोलिक क्षेत्रका योग्य, सक्षम र सेवा गर्न ईच्छुक नागरिकलाई सार्वजनिक सेवामा समान अवसर उपलब्ध गराउने तथा लोक सेवामा पनि भनसुन, पहुँच र शक्तिका आधारमा उम्मेदवार छानिन्छन भन्ने भ्रमलाई चिर्ने उद्देश्यले यो कार्यक्रम गरिएको लोक सेवा आयोग सुर्खेत कार्यालयका प्रमुखले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्