OnlinePana

आज : २०८३ साउन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ७, २०८२जुम्ला
३५६ पटक

जुम्ला  / भदाै  ७ गते ।

स्थानीय तह क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजामा जुम्लाको कनकासुन्दरी गाउँपालिकाले पहिलो स्थान हासिल गरेको छ। जुम्लामा प्रथम स्थान हाशिल गरेकाे कनकासुन्दरीले ८२ अंक प्राप्त गरेकाे प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले जानकारी दिनुभयाे ।

यसैगरी जुम्लाकाे तातोपानी गाउँपालिकाले ८०.७५ अंकसहित दोस्रो स्थान भएकाे छ । हिमा गाउँपालिका ७५.५० अंकले तेस्रो भएको छ। यसैगरी, चन्दननाथ नगरपालिका ७४.५० अंकसहित चौथो , सिंजा गाउँपालिकाले ६७.७५ , तिला गाउँपालिका ६६.२५,  पातारासी गाउँपालिका ६३.५० र गोठिचौर गाउँपालिकाले ६०.८५ अंक प्राप्त गरेका छन् । स्थानीय तहको कार्यप्रक्रिया, उपलब्धि र नीतिगत अभ्यासको आधारमा स्संथानीय तहकाे सस्थागत क्षमता मापन गरिएकाे छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याङ्कनको गुणस्तर परीक्षण सम्पन्न गरी अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

प्रतिकृया दिनुहोस्