OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र ३, २०८२
१९० पटक

३ भदौ २०८२, मंगलबार

कर्णाली प्रदेश सरकारले भोलि प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौं ४ गते प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । यस अवसरमा कर्णाली प्रदेशका सरकारी तथा सार्वजनिक संघ संस्था सबैमा सार्वजनिक विदा दिने निर्णय कर्णाली प्रदेश सरकारको विसं.२०८१ चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिनुभयो ।

दिवसको अवसरमा प्रदेश सरकारले बुधबार बिहान प्रभातफेरी कार्यक्रम गर्नुको साथै आजदेखि बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रुपमा मनाउने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्